डेढ वर्षअघि प्रेमविवाह, अहिले श्रीमानविरुद्ध बलात्कारको उजुरी !

 

काठमाडौँ –  बलात्कार गरेको आरोपमा कञ्चनपुरकी एक महिलाले श्रीमान्विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् ।

श्रीमतीको उजुरीपछि प्रहरीले आरोपित श्रीमान्लाई पक्राउ गरेको छ ।

सोमबार कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भाँसीकी मञ्जु जोशीले आफ्ना पति डम्बर जोशीविरुद्ध उजुरी दिएकी हुन् ।

डम्बरले आफ्नो इच्छाविपरीत यौनसम्पर्क राखेको आरोप लगाउँदै मञ्जुले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कृष्णराज ओझाले बताए ।

उजुरी दर्ता गरेर जबर्जस्ती करणीअन्तरगत मुद्दा दर्ताको प्रक्रिया अघि बढाएको छ ।

डम्बरलाई अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न जिल्ला अदालतबाट अनुमति लिइएको छ ।

मञ्जु र डम्बरले डेढ वर्षअघि प्रेमविवाह गरेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य