दुई सय जहाज र ८ हजार मान्छे निलेको बर्मुडा ट्राएङ्गलको रहस्य यस्तो रहेछ ! (भिडियो)
  • आर.एम खबर

एजेन्सी – वैज्ञानिकहरुले बर्मुडा ट्राएङ्गलको रहस्य पत्ता लगाएको दावी गरेका छन् । वैज्ञानिकहरुले यस्ता घटनाहरु हेक्सागोनल बादलका कारण हुने गरेको बताएका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बर्मुडा ट्राएङ्गलमाथि खोजी गरेका वैज्ञानिकहरुले बर्मुडा ट्राएङ्गलमा धेरै गह्रौं बस्तु तान्न सक्ने क्षमता बादलको हेक्सागोनल आकारका कारण विकास जनाएको छ । कोलोराडो स्टेट यूनिभर्सिटीका मेट्रोलोजिस्ट र्यान्डी क्यारभेनीका अनुसार यो बादलले ‘एयर बम’ बनाउने गरेको छ ।

ट्राएङ्गलमा १७० माइल (करिब २७३ किलोमिटर) घन्टाको गतिको हावा रहेको हुन्छ । यी बादल र हावा आपसमा मिलेर जब जहाज या हवाईजहाजसँग ठोक्किन्छन् तब तिनलाई तानेर समुद्रको पिँधमा पुर्याउँछन् । वैज्ञानिकको दावी अनुसार बर्मुडा ट्राएङ्गलमा जम्मा हुने शक्ति समुद्रको पानीसँग ठोक्किने गरेको छ ।

जसबाट सुनामी भन्दा शक्तिशाली अग्लो समुद्री लहर उठ्ने गर्छ । यी लहर आपसमा ठोक्किँदा अझ धेरै शक्ति पैदा हुन्छ । यस क्रममा त्यस आसपास रहेका सबै बस्तु नष्ट हुन पुग्छन् ।

एक सिद्धान्तमा बर्मुडा ट्राएङ्गलको शक्तिको पछाडि एलियनको हात रहेको दावी गरिएको थियो । पछिल्लो सय वर्षमा यसमा ७५ वटा ठूला जहाज र एक सय भन्दा साना ठूला पानीजहाज पसेर बिलाइसकेका छन् । यसक्रममा आठ हजार भन्दा धेरै मानिसको ज्यान गइसकेको छ ।

अमेरकाबाट फर्केका प्रचन्डलाई डा.सुरेन्द्र के. सि.को खरो प्रतिक्रिया,हेर्नुहोस् पुरा भिडियो

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य