पर्वत समाज कतारको अधिवेशन सम्पन्न अध्यक्षमा सबिन्द्र श्रेष्ठ

अर्जुन पौडेल l

दोहा,मंसिर २२।पर्वत समाज कतारको चौथो अधिवेशनले  सबिन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ l शुक्रबार सम्पन्न साधारण सभा तथा चौथो अधिवेशनले  नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो ।

पर्वत समाज कतारका संस्थापक भुपति भट्टराईको प्रमुख आथित्य तथा  संस्थाका तत्कालिन अध्यक्ष चिन्तामणी पौडेलको अध्यक्षतामा  कार्यक्रम सम्पन्न भएको हो l  कार्यक्रममा बोल्दै  संस्थापक भट्टराईले कठिन परिस्थितिमा पनि कतारमा छरिएर रहेका पर्वतबासीलाई एकत्रित गरेर खोलीएको संस्था निरन्तर सामाजिक सेवामा सक्रिय रहेको भन्दै खुसी ब्यक्त गरे । संस्थापक भट्टराईले हाल सम्म संस्थालाई यो उचाई सम्म पुर्याउनुहुने ब्यक्तित्वलाइ आभार व्यक्त गर्दै  नव निर्वाचित भएको कार्यसमितीले पनि संस्थाको गरिमा बचाइ राख्ने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा  संरक्षक छबिलाल भट्टराई, प्रवासी नेपाली मञ्चका अध्यक्ष चानक पोख्रेल,नेपाली जनसम्पर्क समितीका महामन्त्री अजिज अलि, नेपाली जनप्रगतीशिल मञ्च पाचौं महाधिवेशन आयोजक समितीका संगठन बिभाग प्रमुख मोहन कार्की,  समाजसेवि कमलमणि गुरागाइ, प्रदेश नम्बर पाँच समन्वय परिषदका कार्यबाहक अध्यक्ष ठाकुर कुमार परियार, जिल्ला संस्थाको तर्फबाट बाग्लुङ सेवा समाजका अध्यक्ष सागर पौडेल लगाएतले पर्वत सेवा समाजले मानवीय र सामाजिक सेवामा स्थापनाकाल देखि नै उल्लेखनीय भुमिका खेलेको भन्दै निरन्तरता दिन आग्रह गरे l

कार्यक्रममा बिधान संसोधन उपसमितिका संयोजक अजय बिकले संस्थाको संसोधित बिधान अनुसार संस्थाको नाम पर्वत युवा सेवा समाज कतार बाट पर्वत समाज कतार भएको र स्थापना मिति बि.स. २०६० साल कायम गरिएको जानकारी गराए भने संस्था र पर्वत जिल्लाको बारेमा पुर्व महासचीव दिलकुमार श्रष्ठले जानकारी गराएका थिए । सो कार्यक्रममा संस्थाका सचिव रघुनाथ शर्मालेले कार्यप्रगति प्रतिबेदन र सह -कोषाध्यक्ष हरिप्रसाद पोख्रेलले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

संस्थाका प्रथम उपाध्यक्ष आनन्द सुवेदीको  स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन कार्यबहाक महासचिव याम केसि र सचिव रघुनाथ शर्माले संयुक्त रूपमा गरेका थिए । कतारमा कार्यरत विभिन्न सामाजिक तथा बैचारिक संघ/संस्थाको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा संस्थालाई सहयोग गर्ने संस्था तथा ब्याक्तित्वलाई सम्मानपत्र र खादा सहित सम्मान  गरिएको थियो ।

निर्वाचन समितीका संयोजक डिल्लीराम भट्टराईले अध्यक्ष लगायत  समितिको प्रथम उपाध्यक्ष श्याम न्यौपाने, दित्तिय उपाध्यक्ष बिक्रम कुबंर, सचिव शेषराज तिमिल्सिना र काेषाध्यक्ष संजय तिबारी ,यस्तै कार्य समिती सदस्य मिलन पौडेल, जगदीश शर्मा, सन्दीप पौडेल र गौतम कार्की लगायतलाई सदस्यताको  प्रमाणपत्र प्रदानगर्दै सपथ खुवाएका थिए l सस्थाले बाकी रहेका पदाधिकारी तथा सदस्य कार्यसमितिले चयन गर्ने जनाएको छ l

अमेरकाबाट फर्केका प्रचन्डलाई डा.सुरेन्द्र के. सि.को खरो प्रतिक्रिया,हेर्नुहोस् पुरा भिडियो

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य