बलत्कार गरेको ,पैशा खाएको प्रमाणीत गर, मलाई जेल पठाउँ सक्छौ भने ? जय नारीबाट चर्चा आएकी सावित्री सुबेदीको आक्रोश

काठमाडौं । जयनारीबाट चर्चामा आएकी सावित्री सुबेदीले आफ्नो चरित्र हत्या गर्न खोजिएको आरोप लगाएकी छन् । सामाजिक सञ्जालमा उनको नक्कली फेसबुक आइडी बनाएर आफ्नो चरित्र हत्या गर्न खोजिएको आरोप लगाएकी हुन् ।

बलात्कार र महिला हिंसाका विरुद्ध पटकपटक आवाज बुलन्द गर्दै आएकी सावित्रीले केही बलात्कारी मानसिकता भएका मानिसहरुले आफूलाई झुठो र कपोलकल्पित आरोप लगाएको भन्दैँ फेसबुक स्टाटसमार्फत आक्रोश पोखेकी छिन् ।

“बच्चिहरुका जीवन चुसेका ब्वासाहरुले मेरो बिरुद्द यस्ता झुठा आरोप लगाएर मलाई झुठ बनाउन खोज्दैछन्, ‘उनले फेसबुकमा लेखेकी छिन्, यो आरोप प्रमाणीत गरेर कारवाही गर्न म खुल्ला छु । अरु अपराधीलाई कारवाही गराउने मलाई अपराध गर्न छुट छैन । तर यिनलाई एउटै अनुरोध, आरोप लगाउने मान्छे अघि लेउ, पैशा खाएको प्रमाणीत गर, मलाई जेल पठाउँ । तर फेक कुरा तयार गर्न समय खर्चेर मेरो चरित्र हत्या नगर । यसको मुल्य धेरै महंगो हुनेछ ।”

सामाजिक सञ्जालमा उनको नाम जोडेर पैशाको बार्गेनिङ गरेको आरोप लागेको थियो । उनले उक्त कुरकानी नक्कली आईडीबाट बनाएको दावी गर्दै आफुले आरोप प्रमाणित गरेर देखाउन चुनौती दिएको बताईन् ।

उनले चर्चित सञ्चारकर्मी रबि लामिछानेलाई महिलाको सम्मान गर्न नसक्ने भन्दै विरोध गरेकी थिईन् । रबिको विरोध गरेको भन्दै रबिका समर्थकहरुले सावित्रीको सामाजिक सञ्जालमा चर्को आलोचना गरिरहेका छन् । उनीहरुले गाली गर्नुका साथै अनेक मान्छेसँग फोटो जोडेर चरित्र हत्या गर्न खोजेका छन् ।

यसविषयमा उनले स्पष्टिकरण दिएकी हुन् । अनेक मान्छे र फोटो जोडेर बाहिर आएको छ भनेर मेरा सुभचिन्तकहरुले मलाई के हो भनेर सोध्नु भएको छ । म यस्ता हुदैं नभएको कुराको बारेमा चासो नै नराखौ भन्ने सोचमा थिएं । तर धेरैले केहो केहो भन्नु भएकोले केहि लेख्दैछु, भनेर फेसबुक स्टाटस लेखेकी छिन् ।

अमेरकाबाट फर्केका प्रचन्डलाई डा.सुरेन्द्र के. सि.को खरो प्रतिक्रिया,हेर्नुहोस् पुरा भिडियो

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य