जापानबाट आयो सारा नेपाली रुवाउने खबर ! एकैपटक ३ नेपालीको मृत्यु !! आँसु थामेर #RIP लेखौ
  • आर.एम खबर

जापानबाट आयो सारा नेपाली रुवाउने खबर ! एकैपटक ३ नेपालीको मृत्यु !! आँसु थामेर #RIP लेखौ

जापानको साईतामा केनमा सडक दुर्घटनामा परि एक नेपाली युवकको मृत्यु भएको छ । सोमवार राती जापानको साईतामा केनमा बाटो काट्ने क्रममा साइतामाकै एक कम्पनीमा काम गर्दै आएका माईकल गौचनको मृत्यु भएको हो । म्याग्दी घर भई काठमाडौं बसोवास रहेको गौचन गतवर्ष विवाह गरेर आएका थिए । मृतक गौचनको श्रीमति र परिवार नेपालमै छन् ।
साईकलमा यात्रा गरिरहेका गौचनको वाटो क्रस गर्ने क्रममा मृत्यु भएको नेपाली ब्यवसायी संघ जापानका अध्यक्ष विजय थकालीले जानकारी दिए ।

घटना के कसरी भयो भन्ने वारेमा थप जानकारी आफुले नपाएको भएपनि सडकको छेउमा साईकल रोकेर बाटो क्रस गर्ने ठाउँमा गाडीले ठक्कर दिएका कारण मृत्यु भएको थकालीले बताए । ग्रीग इन्टरनेशनल कजेल योकोहामावाट सेन्मोन सकेर साईतामाको एक जापानी कम्पनीमा काम गर्दै आएका गौचनको निधनबारे विस्तृत जानकारी बुझ्ने काम भईरहेको नेपाली राजदूतावासले जानकारी दिएको छ ।

त्यस्तै:- टोकियो– बाग्लुङ जिल्ला घर भई जापानको साइतामा केनमा बसोबास गर्दै आएका २० बर्षिय सबिन (अर्बिन) क्षेत्रीको उपचारको क्रममा निधन निधन भएको छ । गल्कोट नगरपालिका ३ बोहोराफाँट स्थाई घर भएका सविन हाल जापानको साईतामा केनमा आफ्ना बुवा आमासंगै बस्दै आएका थिए । उनको साईतामा स्थित साईतामा रेडक्रस अस्पतालमा उपचार भईरहेको थियो ।

ईन्फ्लुएन्जाबाट ग्रस्त उनलाई बुधवार राती ११ बजेर १५ मिनेटमा चिकित्सकहरुले मृत घोषणा गरेका थिए । उनको विगत ३ दिनदेखि सघन कक्षमा उपचार भईरहेको थियो । गल्कोट समाज जापानका अध्यक्ष दिलु खत्रीका अनुसार निधन भएका सविनको अन्तिम दाह संस्कार आगामी आईतबार जापानमै गरिने भएको छ । सबिनको यही फेब्रुवरी १० तारिख आईतबारको दिन बिहान ८ः३० बजे साईतामामा दाहसंस्कार गरिने तय भएको हो । गल्कोट समाज जापानले दुखद घडीमा सबै गल्कोटवासी सहित सम्पूर्ण जापानवासी नेपालीहरुमा साथ दिएर दाहसंस्कारमा उपस्थित भईदिन अनुरोध समेत गरेको छ ।

जापानमा एक हप्ताभित्र ३, एक महिनाको अवधीमा ४ जना नेपालीको देहलिला समाप्त

जापानमा पछिल्लो एक हप्ताको समयभित्रमात्रै ३ नेपालीहरुले ज्यान गुमाएका छन् । गत सोमवार साईतामा केनमा सडक दुर्घटनामा परि म्याग्दी जिल्ला घर भई साइतामामै बस्दै आएका माईकल गौचनको मृत्यु भएको थियो भने म्याग्दी राखु स्थायी घर भै रोजगारीको सिलसिलामा जापानको नागोयामा रहँदै आएकी प्रमिला दर्जीको बिहीबार साँझ उपचारको क्रममा अस्पतालमा निधन भएको थियो । १ महिना अगाडि सुत्केरी भएकी दर्जी ब्रेन ट्यूमरबाट पीडित थिईन् । उनले उपचारकै क्रममा बिहिवार साँझ देहत्याग गरेकी थिइन ।

स्व. प्रमिलाको शनिवार बिहान ९ः२० बजे मियकेनको निशिबेस्शो, कुवाना भन्ने ठाउंमा अन्त्येष्टी गर्ने तैयारी भईरहेको बताइएको छ । प्राप्त जानकारी अनुसार नवजात शिशुको अवस्था भने सामान्य रहेको र उनलाई नेपाल लैजाने तयारी गरिएको छ । गत जनवरीमा पनि कार्यस्थलमै भएको आगलागीमा परि गम्भिर घाइते भएकी ३१ बर्षिय सावित्री नेपाल रिमालको उपचारको क्रममा ओकायामा प्रिफेक्चर स्थित एक हस्पिटलमा निधन भएको थियो ।

निरन्तर नेपाली नागरिकहरुको निधन भइरहँदा सडक सुरक्षा, स्वास्थ्यको हेरचाह तथा कार्यस्थलमा अपनाउनुपर्ने सुरक्षाबारेमा जापानको नेपाली समुदायमा कार्यक्रमहरु आयोजना हुनुपर्ने तथा सम्बन्धित निकायले त्यसतर्फ ध्यान दिनुपर्ने आवश्यकता महशुष भएको छ । गल्कोट समाज जापानले दुखद घडीमा सबै गल्कोटवासी सहित सम्पूर्ण जापानवासी नेपालीहरुमा साथ दिएर दाहसंस्कारमा उपस्थित भईदिन अनुरोध समेत गरेको छ ।!

अमेरकाबाट फर्केका प्रचन्डलाई डा.सुरेन्द्र के. सि.को खरो प्रतिक्रिया,हेर्नुहोस् पुरा भिडियो

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य