सुपरस्टार सलमान खानको ममताप्रेम, आमालाई दिए यस्तो उपहार !
  • आर.एम. खबर

काठमाडौं । बलिउड अभिनेता सलमान खान उनको मित्रको लागि महंगा उपहार दिने व्यक्तिका रुपमा चिनिन्छन् । प्रायः महँगो उपहारहरु उनका विशेष मित्रहरुलाई उनी दिने गर्दछन् । तर यस पटक उनले आफ्नो आमा सलमा खानलाई उपहार दिए । सबैलाई थाहा छ कि सलमान उनको परिवारको सबैभन्दा प्यारो हुन् । सलमान खान पछिल्लो समय भारत चलचित्रका कारण पनि चर्चामा रहेका छन् । तर भर्खरै उनले आफ्नो आमालाई अद्भुत उपहार दिएका छन् जसको चर्चा अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

जानकारी अनुसार, सलमानले आफ्नो आमा, सलमा खानलाई नयाँ गाडी उपहार दिएका छन् । जसको मूल्य लगभग १ करोड ६० लाख अनुमान लगाइएको छ । केही दिन पहिले सलमान आफैं यो रेंज रोवर कार लिएर उनको आमालाई उपहार दिन पुगेका थिए । सलमान खान आमाको लागी धेरै दिन देखि कार खरीद गर्न प्रयास गरिरहेको थिए तर उनको दैनिक कार्य व्यस्तताको कारण उनी ढिला हुन पुगे । शायद उनको परिवारले यो सोचेनन् कि सलमान खान उनको लागि लक्जरी कार लिएर आउँछन ।

जब उनकी आमा सलमा खानले गाडी खरिद गर्न चाहेको सलमानलाई थाहा भयो तब उनले तुरुन्त गाडी आफ्नो आमालाई उपहार दिए । यस उपहारले सलमालाई असाध्यै आश्चर्यचकित पारेको थियो । यस कारको तस्वीरहरू अहिले सामाजिक सञ्जालमा अत्यन्त भाइरल बनिरहेको छन् । पछिल्लो दिन सलमान खान साथीको विवाहमा व्यस्त थिए । सलमान खानले आफ्नो बहिनी अर्पिता खानलाई पहिले नै महंगो कार उपहार दिएका छन् ।

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य