ओलि र प्रचण्डको पिरतीले नेकपा र मुलुकले ठूलो संकट बेहोर्नुपरेको रामकुमारी झाक्रीको आरोप
  • आर.एम.खबर/काठमाडौं नेपाल

ओलि र प्रचण्डको पिरतीले नेकपा र मुलुकले ठूलो संकट बेहोर्नुपरेको रामकुमारी झाक्रीको आरोप

पार्टीको बिग्रदो अवस्था र देशमा ठूलो संकट आउने देखेर धरधरी रोइन झाँक्री, अध्यक्ष ओली गम्भीर नभएको गुनासो

रामकुमारी झाँक्री नेपाली राजनीतिमा नयाँ नाम होइन । बिद्यार्थी राजनीतिबाट उठेकी झाँक्री हाल सत्तारुढ दल नेकपाको केन्द्रीय सदस्य र सांसद पनि छन् । आफनो जीवनमा निकै उतारचढाव भोगेकी झाँक्री पटक–पटक राजनीतिक उतारचढावको शिकार पनि बनिन् ।

निकै संघर्षशील र जुझारु व्यक्तित्व भएकी झाँक्रीलाई राजनीतिबाटै बिस्थापित गराउने थुप्रै प्रयास पार्टी भित्र र बाहिरबाट भए, हुँदैपनि छन् । सामान्य बिषयवस्तुलाई उछालेर सामाजिक संजालमा कुप्रचार गरी उनको मनोबल गिराउने प्रयास पनि नभएका होइनन् । तर, सबै प्रकारका दुव्र्यवहार सहेर भएपनि राजनीतिको यात्रालाई उनले अघि बढाएकी छिन् ।

नेतृ झाँक्रीको पछिल्लो समय पुनः चर्चा चलेको छ । संसद्को अर्थ समितिमा मेलम्ची खानेपानी आयोजना र नेपाल टेलिकमको फोर जी सेवा बिस्तारमा जुन कडाइकासाथ उनी प्रस्तुत भइन् त्यसले मुलुकमा बढ्दै गएको भ्रष्टाचारबारे थुप्रै कुरा बाहिर ल्याउन मद्दत गरेको छ । नेतृ झाँक्रीसंग नेपाल आजको जम्काभेट हुँदा उनले धक फुकाएर कुरा गरिन् । त्यसक्रममा उनको पार्टी नेकपा र सरकारको कुरा भयो ।

अध्यक्ष ओली नै उदासिन:- नेतृ झाँक्रीले पार्टी सुधार्न प्रधानमन्त्रीसमेत रहेका केपी ओली बढी जिम्मेवार भएको आरोप लगाइन् । हतारहतारमा पार्टी एकता गरिएको परिणामको फल अहिले सबैले भोग्नु परेको उनको गुनासो छ । सुरुमा पार्टी एकताको प्रक्रियाका कुरा गर्दा आफूहरुलाई एकताबिरोधी भनिएको स्मरण गर्दै उनले ओली र प्रचण्डले हतारमा पिरती लगाउँदा अहिले विवाद सृजना भएको उल्लेख गरिन् ।

प्रचण्ड दोस्रो नम्बरका अध्यक्ष:- नेकपामा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएपनि ओली नै एक नम्बरको अध्यक्ष भएको झाँक्रीको भनाइ छ । यसकारण पार्टीमा उत्पन्न समस्याको हल साझारुपमा खोज्नुपर्ने भएपनि ओली नै बढी जिम्मेवार रहेको उनको ठहर छ ।

खनाल, नेपाल, गौतमसंग पनि असन्तुष्ट:- नेतृ झाँक्रीले पार्टीका अन्य शीर्ष नेताहरु झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतमहरु पनि निरीह जस्तै रहेको बताइन् । जतिबेला आवश्यक त्यो बेला मौन बस्ने र बेमौसममा बाजा बजाउँदै हिंडने नेता खनाल, नेपाल र गौतमको कमजोरी भएको उनले औंल्याइन् । यसको मार पार्टीमा आफूजस्ता थुपैै कार्यकर्ताले सहनु परेको उनको दुखेसो छ । नेपाल आजबाट

अमेरकाबाट फर्केका प्रचन्डलाई डा.सुरेन्द्र के. सि.को खरो प्रतिक्रिया,हेर्नुहोस् पुरा भिडियो

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य