मन्त्री अधिकारीलाई राजकीय सम्मान दिने सरकारको निर्णय, भोलि सार्वजनिक विदा जानकारीको लागि सेयर गरौं
  • आर.एम खबर

सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ ।मन्त्रिपरिषद्को आकस्मिक बेठकले मन्त्री अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो ।

भोलि देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइनेछ । साथै मन्त्री अधिकारीको राजकीय सम्मानका साथमा अन्त्येष्टि गरिने भएको छ ।

भरोसायोग्य युवा नेताको निधन : अध्यक्षद्वय
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उडड्यमन्त्री रवीन्द्र अधिकारीको निधनबाट पार्टीले प्रचुर सम्भावना बोकेको भरोसायोग्य युवा नेता गुमाएको जनाउनुभएको छ । अध्यक्षद्वयले आज जारी गर्नुभएको शोक वक्तव्यमा अधिकारीको निधनबाट पार्टी केन्द्रीय कमिटीका एक जना होनाहार सदस्य, विकासप्रेमी जनप्रतिनिधि गुमाएको उल्लेख गर्दै नेपालको कम्युनिष्ट आन्दोलनमा उहाँले पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै हार्दिक श्रद्धाञ्जलि अर्पण गरिएको छ ।

आज दिउँसो १ बजेतिर ताप्लेजुङको फुङलिङ–१०, सिस्नेभिरमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना हुँदा अधिकारीसहित सात जनाको निधन भएको थियो । दुर्घटनाबाट मुलुकलाई अपूरणीय क्षति भएको र मुलुकले जनता र विकासप्रति सदैव समर्पितयोग्य जनप्रतिनिधि गुमाउनाका साथै निजी क्षेत्रबाट देशको विकासप्रेमी पर्यटन उद्यमी, राष्ट्रसेवक कर्मचारी र हेलिकप्टर चालकको निधन भएको खबरले पार्टी स्तब्ध भएको अध्यक्षद्वयको वक्तव्यमा उल्लेख छ ।

दुर्घटनामा परी निधन भएका यति एयरलाइन्सका प्रबन्ध निर्देशक तथा स्थापित पर्यटन उद्यमी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उडड्यन प्राधिकरणका निर्देशक धु्रवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टर चालक प्रभाकर केसी र मन्त्री अधिकारीका अङ्गरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेको निधन भएको थियो । पार्टीको वक्तव्यमा दिवङ्गतप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँहरुको शोकाकुल परिवार तथा आफन्तहरुप्रति गहिरो समवेदाना व्यक्त गरिएको छ । -रासस

  • गलबन्दी गित हिट हुदा पनि किन दुखि छन प्रकाश सपुत ?दर्सकलाइ हात जोडेर यस्तो भने पुरा भिडियो :

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य