स्याङ्जा सहयोग समाज कतारले १४ वार्षिकोत्सव मनाउने

अर्जुन पौडेल, दोहा l

स्याङ्जा सहयोग समाज कतारले  १४ वार्षिकोत्सव  मनाउने भएको छ l बिगत वर्षहरुमा जस्तै यो वर्ष पनि समाजले विभिन्न  सास्कृतिक कार्यक्रम गरेर  १५ मार्च २०१९ अम्बाज गार्डेन क्याटरिन मिसाइदमा  मनाउने भएको हो l स्याङ्गजा सहयोग समाज कतारको चाहाना बिशुद्द सामाजिक सेबाको भावनाको नारा सहित स्थापना  भएको समाजले  विभिन्न  वर्षहरुमा भिभिन्न सस्कृतिक कार्यक्रम गर्दै बार्षिकोत्सव मनाउदै आएको छ l

स्याङ्गजा सहयोग समाज कतार रोजगारीको सिलसिलामा  जिल्लाका बिभिन्न ठाउँबाट कतार आएका स्याङ्गजालीहरु द्वारा  २००५ मा   स्थापिना गरेको  सस्था हो l   भर्खरै जनवरीमा निर्बाचित अजमत अलिको  अध्यक्षताको नयाँ नेतृत्वले यसपालीको  बार्षिकोत्सव भने  नेपालकै उत्कृष्ट पन्चे बाजा स्याङ्गजाली पन्चे बाजाका साथ्मा  रमाइलो बनभोज गरेर मनाउने भएको हो l कार्यक्रममा  पन्चे बाजा साथमा  नबप्रतिभा सास्कृतिक परिवारका सथानीय कलाकारहरुको  बेजोड प्रस्तुति समेत रहने छ l

वार्षिकोत्सवको लागि विभिन्न  उपसमितिहरु गठन गरेर कार्यक्रलाई भब्य बनाउन तयारी थालिएको छ l  कार्यक्रमका लागी पन्चेबाजाको सम्पूर्ण सामाग्री सहित वाद्यवादक समुह तम्तयार रुपमा  रहेको  सस्थाका तृतीय उपाध्यक्ष  तथा पन्चे बाजाका संयोजक प्रकाश परियार  बताए l   प्रवासमा रहेर जिल्लावासीलाई समेट्दै स्थापित सस्थाले आपसी भाईचाराको भावनामा भेटघाट गर्दै स्थापना दिवस मनाउदै गर्दा कार्यक्रम स्थलमा जाने आउने यातायातको व्यवस्था रहेको  सस्थाका अध्यक्षले  बताए l

रमाइलो बनभोज कार्यक्रममा उपस्थिति भई नाच्दै गाउदै रमाउदै  मनोरंजन लिन   कतारका स्थापित गैर अावासिय संघ कतार, सम्पुर्ण जिल्ला संस्था, जातिय संस्था, बैचारिक संस्था संघसस्थाका प्रतिनिधिहरु, पत्रकार, बुद्दिजीवी, समाजसेवी, व्यवसायी तथा सम्पूर्ण शुभाचिन्ताहरुमा समाजले हार्दिक अनुरोध गरेको छ l

 

 

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य