विप्लवबाट यो देशलाई सबैंभन्दा धेरैं खत्तरा छ : अध्यक्ष प्रचण्ड
  • आर.एम खबर

काठमाडौं । पछिल्ला दिनहरुमा हिंसात्मक गतिविधिहरुमा संलग्न रहेको विप्लव नेतृत्वको माओवादीमाथि सरकार कडा बन्ने देखिएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द विप्लव समूहका गतिविधिमा राज्य गम्भीर हुनुपर्ने बताउँनु भएको छ ।

विप्लव नेतृत्वको नेकपाबाट उब्जिएको समस्या समाधानका लागि सरकारले छलफल थालिसकेको पनि उहाँले बताउँनु भएको छ । पूर्व प्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष प्रचण्डले सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अतिवाद नियन्त्रण गर्न सरकारले गम्भीररूपले सोच्ने बेला आएको बताउँनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, “विप्लवबाट उत्पन्न समस्या राजनीतिक र प्रशासनिक दुवै विधिबाट समाधान खोजिन्छ ।” प्रचण्डले विप्लवसँग सरकारले राजनीतिक सहमतिको प्रयास गरिरहेको पनि जानकारी गराउँनुभयो । उहाँले सरकारले राजनीतिक रुपमा सहमतिको प्रयास गरिरहेको भन्दैं त्यसलाई कसैले मान्दैन भनेमा त्यो अतिवाद हुने आशय व्यक्त गर्नुभयो । वार्तामा आउँन नमानेमा सरकारले त्यसपछि बल प्रयोग गरेर प्रशासनिक ढंगले समाधान खोज्ने चेतावनी दिनुभयो ।

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य