लक्ष्मण चापागाँइको रतौली भाखाको ‘चिल गाडी’ सार्वजनिक (भिडियो सहित)

अर्जुन पौडेल l काठमाडौं l

लोक सांगेतिक  क्षेत्रमा  हरेक दिन नयाँ-नयाँ गीतहरु आइरहदा एउटा छुट्टै सुन्दा नाचौ-नाचौ लाग्ने रतौली भाखाको लोक दोहोरि गित  सहारा फिल्म एण्ड इन्टरटेनमेन्टको दृश्य निर्माणमा  लक्ष्मण चापागाँइको आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक भएको छ।

गीतको भाखा नाचौ नाचौ लागेता पनि गीतमा वैदेशिक रोजगारीमा हिँडेको युवकले आफ्नी श्रीमतीसँग गरेका सम्वाद र साटेका अनुभूतिलाई समेटिए छl  गायक चापागाईँकै शब्द तथा संगीत रहेको यस गीतमा परदेशिएका हरेक नेपालीको कथालाई उद्दरण गरेको छ l  गीतमा चापागाँइसँगै विमला गैरेको स्वर सुन्न सकिन्छ ।

हुर्केका छोराछोरीको लालनपालनको जोहो र बढ्दो ऋणबाट मुक्तिका लागि विदेश हिँड्न ठिक्क परेको युवाको कथा गीतको भिडियोमा समेटिएको छ । गीतमा हवाईजहाजलाई ‘चिल गाडी’  को संज्ञा दिएर तेही चिल गाडी भुइछोडेपछि के गरेर बसौला भनेर बिलौना गरेको देखाउँन  खोजिएको छ l

सजिना लामिछाने, रुपक लुइटेल, रबिना भण्डारी, मनिसा ढकाल र बालकलाकार पलपल चापागाईँको अभिनय रहेको गीतको भिडियोको निर्देशन शिबन पोखरेलले गरेका छन् ।

भिडियो हेर्नुहोस

अमेरकाबाट फर्केका प्रचन्डलाई डा.सुरेन्द्र के. सि.को खरो प्रतिक्रिया,हेर्नुहोस् पुरा भिडियो

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य