इथियोपियन विमान दुर्घटनामा एक जना नेपाली पनि परेको पुष्टि

नैरोबी । इथियोपियाको आदिस अबाबाबाट केन्याको नैरोबी उडेको इथियोपियन एयरलाइन्सको बोइङ्ग ७३७ विमान दुर्घटना हुँदा त्यसमा सवार सबैको ज्यान गएको सो एयरलाइन्सले जनाएको छ। मृतक विभिन्न ३२ देशका नागरिक रहेको एयरलाइन्सले जनाएको छ ।

यरलाइन्सले जारी गरेको नागरिकता सम्बन्धि विवरणमा एकजना नेपाली पनि सो विमान दुर्घटनामा ज्यान गुमाएको उल्लेख छ । तर, ती नेपालीबारे थप विवरणहरु भने प्राप्त भएका छैनन् ।

एयरलाइन्सका अनुसार विमानमा १४९ जना यात्रु र चालक दलका आठजना सदस्य थिए।

उडेको ६ मिनेटपछि स्थानीय समय अनुसार आइतवार बिहान ८ बजेर ४४ मिनेटमा विमान दुर्घटना भएको एयरलाइन्सका एकजना प्रवक्ताले बताएका छन्। दुर्घटनाको कारण थाहा हुन सकेको छैन।

एकजना प्रत्यक्षदर्शीले बीबीसीलाई बताए अनुसार विमान खस्दा त्यसमा आगो लागिरहेको थियो।

उनले भने, ‘विस्फोटको आवाज र आगो यति कडा थियो कि म नजिक जाने आँट गर्न सकिनँ।’

यसअघि एयरलाइन्सद्वारा जारी विज्ञप्तिमा भनिएको थियो, ‘दुर्घटनास्थलमा एथियोपियन एयरलाइन्सका कर्मचारीलाई पठाइनेछ र आपत्‌कालीन सहायताका लागि सम्भावित सबै सहयोग गरिनेछ।’

दुर्घटनास्थल
‘दुर्घटनामा ज्यान गुमाउने मानिसहरूको परिवारप्रति गहिरो समवेदना’ भन्दै इथियोपियाका प्रधानमन्त्री अबी अहमदले ट्वीट गरेका छन्।

अफ्रिकाका विभिन्न गन्तव्यमा उडान गर्ने इथियोपियन एयरलाइन्स अफ्रिकी महादेशमा लोकप्रिय हवाई सेवा प्रदायक एयरलाइन्स हो।

पहिचान
सुरक्षाको दृष्टिकोणले सो एयरलाइन्सको राम्रो पहिचान छ।

यद्यपि सन् २०१० मा बेरुतबाट उडेको सो एयरलाइन्सको एउटा विमान भूमध्यसागरमा खसेको थियो।

उक्त दुर्घटनामा ९० जनाको ज्यान गएको थियो।
सो एयरलाइन्ससँग जोडिएको सबैभन्दा ठूलो हताहतीको घटना सन् १९९६ को नोभेम्बरमा भएको थियो।

आदिस अबाबादेखि नाइरोबीका लागि उडेको विमानको एउटा इन्जिनमा इन्धन सकेपछि काम गर्न छाडेको थियो।

पाइलटहरूले पानीमा आपत‌्‌कालीन अवतरण गराउँदा हिन्द महासागरमा मुगाको टापुमा ठोक्किन पुग्दा विमानमा भएका १७५ जनामध्ये १२३ जनाको ज्यान गएको थियो।

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य