अमृता लामिछानेको ”जोडी ढुकुर” डिजिटल बजारमा (भिडियो सहित)

काठमाडौ l नेपाली लोक सांगेतिक बजारमा दिनहु जस्तो  उत्कृष्ट गित हरु डिजिटल बजारमा आउने क्रम बढ्दो छ  l यसै क्रममा पछिल्लो समय सांगीतिक क्षेत्रमा निकै चर्चाको शिखरमा रहेकी सुमधुर स्वरकी धनी गायिका अमृता लामिछानेको   ”जोडी ढुकुर” बोलको  दोहोरि गीत डिजिटल  बजारमा आएको छ ।

लोक दोहोरी गीतको क्षेत्रमा उद्यमान गायिका लामिछाने देश तथा बिदेसमा स्टेजमा दर्सकको मन जित्न सफल गायिका हुन् l बिभिन्  समयमा उत्कृष्ट गितहरुले दर्सक स्रोताहरुको मन जित्न सफल लामिछानेले यसपाली जोडी ढुकुर नामक मिउजिक भिडियो वन वे फिल्मस् को बयानरमा मिउजिक नेपालको आधिकारिक यूटुब च्यानल बाट डिजिटल बजारमा पर्स्तुत गरेकी छन् l

जोडी ढुकर देख्दा त्यो बनमा तिम्रै चिन्ता हुन्छ यो मनमा जस्ता  मायाका जोडीहरुले आफ्नो मायाको बयानगरेका  सब्द हरुले सुज्जित  गीतका गीतकार मधु शुदन डाँगी हुन भने गीतमा नरेश खाती ले नाचू नाचू हुने लय र संगीत दिएका छन् l

गीतमा पुरुष तर्फ चर्चित गायक रामजी खाडको आवाज  रहेको छ l   बिक्रम बुढाथोकी र जुना सुन्दाश को उत्कृष्ट  नृत्य ,अभिनयमा  रहेको मिउजिक भिडियोको  निर्देशन मौसम हिमाली ले गरेका हुन भने गितमा सम्पादन र क्यामरामा क्रमसः प्रविन भट्ट र अजय रेग्मीले साथ दिएका छन् l

भिडियो हेर्नुहोस

अमेरकाबाट फर्केका प्रचन्डलाई डा.सुरेन्द्र के. सि.को खरो प्रतिक्रिया,हेर्नुहोस् पुरा भिडियो

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य