अर्घाखाँची सेवा समाज कतारको चौथो अधिबेशन २२ मार्च मा

दोहा ,

“प्रवासमा अर्घाखाँची बासी एक हौ,नेपाली समाजका लागि केहिगरौं” भन्ने मूल नारा लिएर सन २००६ मा स्थापना भएको अर्घाखाँची सेवा समाज कतारको चौथो अधिबेशन हुने भएको छ । अर्घाखाँची बाट बैदेसिक रोजगारी तथा व्यवसाय गरि कतारमा बसेका जिल्ला वासीहरुको साझा संस्थाको रुपमा चिरपरिचित अर्घाखाँची सेवा समाज कतारको यहि आउदै गरेको मार्च २२ तारिक शुक्रबारका दिन दोहा मुन्तजा पार्कमा अवस्थित केरला कल्चर सेन्टर हलमा भव्यताका साथ चौथो अधिबेशन सम्पन्न गर्न लागेको छ ।

स्थापना काल देखिनै सामाजिक कार्यमा अग्रसर सस्थाले जिल्लामा मात्र सिमित नभएर नेपालका विभिन्न ठाउँका दुखी पिडित र असायहरुलाई उद्धार तथा आर्थिक नैतिक रुपमा सहयोग गर्दै आएको छ । त्येस्तै जिल्लामा बिमारी अथवा दुर्घटनामा परि यातायातबाट बञ्चित भई अकालमा कसैको ज्यान नजावस भन्ने उदेस्यका साथ गत आषाढ २०७५ का दिन जिल्ला स्थित ल्शिद्देस्वर शिवालय तथा आनन्द बृद्धालाई एम्बुलेन हस्तानतरण जस्ता सामाजिक कार्य गर्दै आएको छ । समाजको पवित्र एम्बुलेन्स अभियान तथा सस्थालाई सहयोग गर्ने सहयोगी व्यक्तित्वहरुलाई उक्त कार्यक्रममा बिशेष सम्मान पनि गरिने अध्यक्ष ठाकुर कुमार परियारले बताए ।

अर्घाखाँची बाट कतारमा रहदै आएका नेपाली दाजुभाई दिदिबहिनीहरु अधिबेशन कार्यक्रममा उपस्थित जनाएर सफल पार्न आग्रह गर्दै संस्थामा आवद्ध हुनका लागि सदस्यता नलिनु भएका जिल्ला बासिहरुले सम्पर्क गरि सदस्यता लिनुहुन सम्पूर्णमा अपिल पनि गरेका छन । त्यस्तै कतारमा रहनुहुने सम्पूर्ण सामाजसेबी बौद्धिक व्यक्तित्व, विभिन्न राजनीतिका भातृसंगठन प्रमुखहरु एंव संघ संस्थाका प्रमुखहरु, पत्रकार ,कलाकार साहित्यकार मा,पत्रचार गरिएको जानकारी गराउदै समस्त नेपाली दाजुभाई तथा दिदीबहिनिहरुमा गरिमामय उपस्थिति जनाई अधिबेशन भव्य सभ्य रुपमा सफल पारिदिनु हुन महासचिव टेकराज थापाले आव्हान गरेका छन

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य