“मनमिलेमा लान्छु नभन है  जान्नानी तल्ला घरे सान्नानी “-शिरिष देवकोटाको रोइला (भिडियो सहित)

काठमाडौँ ।  पछिल्लो समय नेपाली सांगेतिक क्षेत्रमा लोक गितले एककिसिमको हलचल नै ल्याएको छ l एक पछि आर्को गर्दै उत्कृष्ट गित हरु डिजिटल बजारमा आउने गरेका छन् l यसै क्रममा रोईला गायनमा ख्याती कमाएका लोकप्रिय लोकगायक शिरिष देवकोटाको नयाँ रोइला गीत ‘तल्लाघरे सान्नानी’ बजारमा आएको छ ।

बसन्त फिल्मस् मार्फत बजारमा आएको उक्त गीतमा देवकोटालाई गायिका शिलु भट्टराइले स्वरमा साथ् दिएकी छन् । जमसा शब्द सुदन अर्यालको रहेको छ । लय सन्त बहादुर रानाले बनाएका छन् । गीतमा संगीत संयोजन कृष्ण बिकको रहेको छ ।

“मनमिलेमा लान्छु नभने है  जान्नानी  तल्ला घरे सान्नानी ” नाचू नाचू लाग्ने गीतमा ध्वनी मिश्रण खड्क बाजुरालीले गरेका छन्, छायांकन राजेश घिमिरेले गरेका छन् । बिष्णु शर्माको सम्पादन रहेको गीतको भिडियोमा प्रकाश भट्टको निर्देशन रहेको छ । गीतमा परदेशबाट फर्किएर अव नेपालमै केही गर्ने अठोट बोकेको युवा, गाउँकी राम्री र उही विदेशबाट फर्किएको युवालाई साथ दिन तयार रहेकी चेलीको दोहोरी सहितको शब्द समेटिएको छ l गीतको भिडियो पराम्परागत दोहोरि गायन जस्तै बनाउने कोशिस गरेको कारण झन् आकर्षक बनेको छ l

मालाश्री रेकर्डिङ स्टुडियोमा  रेकर्ड गरिएको गित पाल्पा जिल्लामा प्रचलित रोइला भाका जसलाई स्थानीय भाषामा ‘ख्याली’ भाका भनिने गीतको जगेर्ना गर्नको लागी तयार पारिएको  बशन्त फिल्म्सका प्रवन्ध निर्देशक एबम लोक तथा दोहोरि गीत प्रतिष्ठान नेपालका मानार्थ सदस्य ईश्वर काफ्ले पाल्पालीले बताए l रोइला दोहोरी भएको कारण भिडियोमा गायक गायिकाको अभिनय रहेको छ जसमा साथीहरुले साथ् दिएका छन् ।

भिडियो हेर्नुहोस :

अमेरकाबाट फर्केका प्रचन्डलाई डा.सुरेन्द्र के. सि.को खरो प्रतिक्रिया,हेर्नुहोस् पुरा भिडियो

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य