अर्घाखाँची सेवा समाज कतारको चौथो अधिवेशनबाट टेकराज थापा अध्यक्षमा चयन

दोहा ।अर्घाखाँची सेवा समाज कतारको चौथो अधिबेशन टेकराज थापालाई अध्यक्षमा चयन गर्दे सम्पन्न भएको छ । अधिवेशन शुक्रबार कतारको दोहास्थित केरला कल्चर सेन्टरमा सम्पन्न भएको हो।

समाजको नयाँ अध्यक्षमा चुनिएका थापा अर्घाखाँची जिल्लाको धारापानीका हुन् । संस्थाको हक हित र सामाजिक कार्यमा सक्रिय थापा अर्घाखाँची सेवा समाज कतारको सक्रिय सदस्य,सचिव, महासचिव हुँदै अहिले अध्यक्षमा निर्वाचित भएका हुन् ।

अर्घाखाँचीबाट बैदेशिक रोजगारी तथा व्यवसाय गरि कतारमा बसेका जिल्ला वासीहरुको साझा संस्था अर्घाखाँची सेवा समाज कतार “प्रवासमा अर्घाखाँची बासी एक हौ,नेपाली समाजका लागि केहि गरौं” भन्ने मूल नारा लिएर सन २००६ मा स्थापना भई कतारमा सामाजिक कार्यमा अगाडि आउने संस्थाका रुपमा चिनिन्छ । यो संस्थाले केहिदिन अगाडी मात्रै जिल्ला स्थित शिद्देश्वर शिवालय तथा आनन्द बृद्धालाई एम्बुलेन्स हस्तानतरण पनि गरेको थियो ।

अधिवेशन संस्थाका अध्यक्ष ठाकुर कुमार परियारको अध्यक्षता तथा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् मानार्थ सदस्य नरेन्द्र भाटको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो । त्यस्तै कार्यक्रममा कतारमा रहेका सामाजिक तथा बैचारिक संस्थाका प्रतिनिधि, विभिन्न जिल्ला प्रदेश तथा बुद्धिजिवि लगायत कतारमा रहेका पत्रकार,संस्थाका प्रतिनिधिहरु अतिथि थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै अतिथिहरुले अर्घाखाँची सेवा समाज कतारले स्थापना कालदेखि नै सामाजिक,नैतिक,भौतिक जस्तो कार्यमा सधै अग्रसर रहेको बताए,समाजले जिल्लाबासि मात्र नभएर समग्र नेपालीहरुको हक हितको निम्ति आवाज बुलन्द पार्दै गएको भन्दै पुरानो समितिले गरेका राम्रा कार्यहरुको निरन्तरता र नयाँ कार्यसमितिलाई बधाई सहित शुभकामना दिएका थिए।

अधिवेशन कार्यक्रम कलाकार राज गुरुङ,सरु गुरुङ उर्मिला लामा,जोनी आङ्देम्बे,सुमी केसी ,देब घिमिरे,गङ्गा बस्नेत र दिपेन्द्र सुनारका सांगीतिक प्रस्तुतीले स्टेजमा अलग रोनक थपिएको थियो ।

सोही अवसरमाा समाजको पवित्र एम्बुलेन्स अभियान तथा संस्थालाई विभिन्न समयमा सहयोग गर्ने सहयोगी व्यक्तित्वहरुलाई विशेष सम्मान गरिएको थियो ।   केदार भुसालको स्वागत भासाण दिएको कार्यक्रमको सञ्चालन अनिल परियारले गरेका थिए ।

 निर्वाचित अन्य पदाधिकारीहरुः

प्रथम उपाध्यक्ष – बिष्णु बहादुर कुवर,
दृर्तिय उपाध्यक्ष – बोम बहादुर बस्नेत
तृतीय उपाध्य – राजेन्द्र पाण्डे
महासचिव – बाला राम पाण्डे
सचिव – अनिल परियार
कोषाध्यक्ष – नेत्र आचार्य
सहकोषाध्यक्ष – सन्तोस केसी

त्यसैगरि सदस्यहरु मनिराम बस्नेत,कृश्न कुमार बस्नेत,इन्दुबर खनाल,सुचित्रा सर्मा,बाबुराम पौडेल,अर्जुन केसि, बोम बहादुर बस्नेत ( ख ) गरि हाल १५ कार्यकारी समितिको नाम तय भएपनि बांकि ६ जना  सदस्य पहिलो बैठकले थप्ने जनाइएको छ ।

अमेरकाबाट फर्केका प्रचन्डलाई डा.सुरेन्द्र के. सि.को खरो प्रतिक्रिया,हेर्नुहोस् पुरा भिडियो

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य