२५ वर्षीय यी युवतीले गरिन् यस्तो महान काम ! अब तपाई हामीले पनि केहि सिक्ने कि ?
  • आर.एम खबर

पोखरा महानगरपालिका वडा नं. ६ जरेबरकी एक किशोरीले आफ्नो जन्मदिनको अवसरमा दलित र गरीब विद्यार्थीलाई सहयोग गरेर मनाएकी छन् । २५ वर्षीय कृति श्रेष्ठले कास्कीको माछापुच्छ«े गाउँपालिकामा रहेको कैलाश टेत्सुओ आधारभुत विद्यालयका विद्यार्थीलाई सहयोग गरेर आफ्नो जन्मोत्सब मनाएकी हुन् ।

उनले शुक्रबार विद्यालयमा आयोजित परिक्षाफल सार्वजनिक कार्यक्रममा उक्त विद्यालयका विद्यार्थीहरुलाई एक वर्षका लागि खाजाको लागि आर्थिक सहयोग गर्ने बताएकी हुन् । उनले विद्यार्थीको खाजाको लागि २५ हजार दिईसकेकी छन् भने अरु अपुग रकम पछि दिने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

सो अवसरमा कृतिका आमा उर्मिला श्रेष्ठले छोरीले सानै उमेरमा सामाजिक काममा देखाएको ईच्छाले आफुलाई निकै खुसी तुल्याएको बताउनुभयो । श्रेष्ठले उनले घोषणा गरेको खाजाको कार्यक्रममा आफुले पनि सक्दो सहयोग गर्ने बताउनुभयो ।

उहाँले अघिल्लो वर्ष आफुले विद्यार्थीहरुलाई १ वर्षको खाजाको लागि आर्थिक सहयोग गरेको र त्यहि देखेर छोरीले आफुले आफ्नो खाजा खर्च र फजुल खर्च कम गरेर विद्यार्थीहरुलाई सहयोग गर्न चाहेकाले पोखरा देखि धितालसम्म पुगेर सहयोग गरेको बताउनुभयो ।लायन्स क्लब लगायतका विभिन्न सामाजिक संस्थामा रहेर विभिन्न ठाउँमा सहयोग गरीरहेको भएपनि आफ्नै छोरीले सामाजीक काममा अग्रसर भएर लाग्दा आफुलाई निकै खुसी लागेको उर्मिलाको भनाई रहेको छ ।

अमेरकाबाट फर्केका प्रचन्डलाई डा.सुरेन्द्र के. सि.को खरो प्रतिक्रिया,हेर्नुहोस् पुरा भिडियो

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य