३ करोड नेपालीहरुका लागि खुसीको खबरः यी रोगहरुको उपचार निशुल्क !! यो खुसीलाई सक्दो सेयर गरौ
  • आर.एम.खबर/काठमाडौं नेपाल

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिर्गाैला रोगको निःशुल्क उपचार सेवा (डायलाइसिस) विभिन्न १६ जिल्लामा विस्तार गर्ने भएको छ । डेडलधुरा, डोटी, जुम्ला, प्युठान, अर्घाखाँची, पाल्पा, स्याजा, इलाम, पाँचथर, दोलखा, रामेछाप, सिराहा, सर्लाही, महोत्तरी, रौतहट, कञ्चनपुरमा मिर्गौलाको निःशुल्क उपचार सेवा सुरु हुन लागेको हो । हाल मन्त्रालयले मिर्गाैला रोगका बिरामीलाई उपचारसेवा गरेवापत रु चार हजार, प्रत्यारोपणका लागि रु चार लाख, प्रत्यारोपण पश्चात औषधि सेवानका लागि रु एक लाख प्रदान गर्ने गर्दछ ।

सातवटै प्रदेशमा गरी हाल चार हजार ५०० बिरामीले मिर्गाैला उपचार सेवा लिइराखेको मन्त्रालयले जनाएको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले सो जानकारी दिँदै मिर्गाैला रोगको उपचार सेवाका लागि आर्थिक अभाव रहेको बताउनुभयो । उहाँले मिर्गाैला रोगका बारेमा जनचेतना जगाउन मन्त्रालयले ध्यान दिएको छ भन्नुभयो ।

बैठकमा समितिका सदस्य खगराज अधिकारीले सातवटै प्रदेशमा मिर्गाैला प्रत्यारोपण केन्द्र स्थापना गर्न सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । समितिका सदस्य मानबहादुर विश्वकर्माले मिर्गाैला रोग लाग्न नदिन के गर्नुपर्छ भन्ने बारेमा समुदायलाई सूचना तथा जानकारी हुने कार्यक्रम मन्त्रालयले सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

अर्का सदस्य उमेश श्रेष्ठले मिर्गाैलाका रोगी बढ्ने तर रोग रोकथामका लागि बजेट घट्ने प्रवृत्तिलाई अन्त्य गर्न सुझाव दिनुभयो । समितिका सदस्य दिलबहादुर महतले सातवटै प्रदेशमा मिर्गाैला प्रत्यारोपणको व्यवस्था मिलाउन ध्यान दिन माग गर्नुभयो ।

इन्द्रेणी पुग्न साथ भाइरल ११ बर्से कमला घिमिरेको पहिलो दोहोरि,हराईन् रबिनलाई पुरा भिडियो हेरेर सक्दो शेयर गरौ

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य