प्रधानमन्त्रीले भने, ‘मेरो नेतृत्वको सरकार आएपछि आलु धेरै फल्यो’
  • आर.एम.खबर/काठमाडौं नेपाल

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार आएपछि मुलुकमा आलु धेरै फलेको बताएका छन् । नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले यो वर्ष आलु उत्पादन ९ प्रतिशतले बढेको बताए । यो मेरो सरकार आएपछि आलु धेरै फल्यो, ९ प्रतिशत धेरै फल्यो, धान मकै गहुँ पनि धेरै फलेको छ’ प्रधानमन्त्रीले आफ्ना सांसदहरुलाई निर्देशन दिँदै भने, ‘अब तपाईँहरु फलफूल रोप्ने अभियान चलाउनुस्, आफ्नो जग्गा नभए सार्वजनिक जग्गामै भएपनि लगाउनुस् ।’

प्रधानमन्त्री ओलीले यो वर्ष २३ लाख फलफूलका विरुवा रोपेको पनि उल्लेख गरे ।‘जहाँ सकिन्छ फलफूल लगाउनुस् कसले खान्छ चिन्ता लिनुपर्दैन, लोखर्केले खाए पनि खाओस् तर फलफूलका विरुवा रोप्नुस्’ प्रधानमन्त्रीले भने ।
source:deshsanchar

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य