प्रेम विवाह गरेका छोरी-ज्वाइँलाई बाबुले जिउँदै जलाए
  • आर.एम.खबर/काठमाडौं नेपाल

रुक्मिणी रणसिङ्‍घे १९ वर्षकी मात्र थिइन्। ६ महिनाअघि उनले आफूले प्रेम गरेको केटासँग विवाह गरिन्।तर रुक्मिणी र उनका पतिको जात नमिल्ने भएकाले उनीहरूको विवाहको निर्णयमा परिवारको सहमति थिएन।जात नमिल्ने केटासँग रुक्मिणीले गरेको विवाहलाई लिएर उनको माइती पक्षमा असमझदारी यति धेरै बढ्यो कि एक दिन रुक्मिणीका पिता, काका र मामा मिलेर उनी र उनका पतिलाई जिउँदै जलाइ दिए

आफ्नो परिवारप्रतिको आक्रोशको मूल्य रुक्मिणीले आफ्नो ज्यान दिएर चुक्ता गर्नुपर्‍यो।महाराष्ट्रको अहमदनगरको यो घटनाले ‘अनर किलिङ’को मामिलालाई फेरि एकपटक सबैका सामू ल्याइदिएको छ।रुक्मिणी अनुसूचित जाती (एससी)मा पर्ने पासी जातिकी थिइन् भने उनका पति मंगेश अन्य पिछडा वर्ग (ओबीसी)मा पर्ने लौहार जातिका थिए।

दुवै जनाले ६ महिना पहिले प्रेम विवाह गरेका थिए। रुक्मिणीका पिता र परिवारका अन्य सदस्यहरू यो विवाहको विरूद्ध थिए। तर मंगेशका परिवारका सदस्यहरूले भने यो विवाहलाई स्वीकार गरेका थिए। रुक्मिणीका देवर महेश रणसिङ्‍धेले बीबीसीलाई बताए अनुसार उनीहरूको विवाहमा रुक्मिणीको माइती पक्षबाट उनकी आमा मात्र आएकी थिइन्।

अमेरकाबाट फर्केका प्रचन्डलाई डा.सुरेन्द्र के. सि.को खरो प्रतिक्रिया,हेर्नुहोस् पुरा भिडियो

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य