प्रधानमन्त्री भोलि भियतनाम जाँदै ..यस्तो छ काम …
  • आर.एम.खबर/काठमाडौं नेपाल

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली ५ दिने भियतनाम भ्रमणका लागि भोली बिहिबार प्रस्थान गर्ने भएका छन् । प्रधानमन्त्री ओली भियतनामका प्रधानमन्त्री न्युग्यन जुयान फुकको मैत्रीपूर्ण निमन्त्रणमा त्यसतर्फ जान लागेका हुन् ।

प्रधानमन्त्री ओलीले कम्बोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणमा वैशाख ३० गतेदेखि जेठ १ गतेसम्म तीन दिनको कम्बोडियाको औपचारिक भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भियतनाममा रहँदा ओलीले समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नेछन् भने त्यहाँको नेसनल एसेम्लीको अध्यक्षसँग पनि भेट गर्ने कार्यक्रम पनि रहेको छ । यसैगरी प्रधानमन्त्री तथा प्रतिनिधिमण्डलको सम्मानमा आयोजना हुने रात्रिभोज कार्यक्रममा पनि प्रधानमन्त्री सरिक हुनेछन् ।

प्रधानमन्त्रीले हानाम प्रान्तमा आयोजना हुने इन्टरनेसनल डे अफ भैशाख ९बौद्ध धर्मावलमीहरूको पर्व० र ची मिन नेसनल एकेडमी अब पोलिटिक्स र नेपाल भियतनाम बिजनेस फोरमलाई पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्रीले भैरहवाको गौतम वुद्ध विमानस्थलमा भियतानमबाट चार्टर्ड फ्लाइट गर्न मिल्ने गरी सम्झौता परिमार्जन गर्नेबारे छलफल गर्ने बताईएको छ ।त्यसपछि प्रधानमन्त्री कम्बोडिया जानेछन् ।

त्यहाँ प्रधानमन्त्री ओलीले कोम्बोडियाली समकक्षी हुन सेनसँग प्रतिनिधि मण्डलस्तरीय भेटवार्ता गर्नेछन् भने कम्बोडियाली प्रधानमन्त्रीले आयोजना गरिने रात्रीभोजमा सरिक सरिक हुनेछन् । त्यहाँ प्रधानमन्त्रीले शनल एसेम्बलीका अध्यक्षसँग भेट गर्नुका साथै नोम पेनमा आयोजना हुने व्यवसायीहरूको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रधानमन्त्रीको भ्रमणमा उनको धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा।राजन भट्टराई, सांसदहरू उच्च अधिकारी सञ्चारकर्मी तथा निजी क्षेत्रका प्रतिनिधिको सहभागिता रहने छ ।

प्रधानमन्त्रीले भियतनाम भ्रमणका लागि नेपाल एयरलाइन्सको जहाज चार्टर गर्ने भएका छन् । एयरलाइन्सको एयरबस ए३२० जहाजबाट विहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने छन्। यसअघि प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदा हिमालय एयरलाइन्सको जहाजमा जाँदा सरकारी एयरलाइन्सलाई हेला गरेको भन्दै आलोचना भएको थियो ।

इन्द्रेणी पुग्न साथ भाइरल ११ बर्से कमला घिमिरेको पहिलो दोहोरि,हराईन् रबिनलाई पुरा भिडियो हेरेर सक्दो शेयर गरौ

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य