जतिसुकै पुरानो सुगर रोग निको हुने एक अचुक औषधी(भिडियो सहित)
  • आर.एम.खबर/काठमाडौं नेपाल

जतिसुकै पुरानो सुगर रोग निको हुने एक अचुक औषधी(भिडियो सहित)! भिडियो हेर्न तल जानुहोस !

झट्ट सुन्दा पनि कहाली लागेर आउँछ, १२ वर्षकै कलिलो उमेरमा कल्पनाका दुवै मिर्गौलामा समस्या आएपछि यतिखेर उनका बाबु वीरबहादुर पुन यतिखेर ठूलो चिन्तामा छन्।

म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट स्थायी बसोबास भई हाल पोखरा महानगरपालिका–३३ भरतपोखरीको तिक्लाङ बसी दैनिक मजदुरीबाट जीवनयापन गर्दै आएका वीरबहादुर र उनकी श्रीमती सीतालाई यतिखेर छोरीको उपचार कसरी गर्ने भन्ने चिन्ताले सताइरहेको छ।

“छोरीको उपचारमा अहिलेसम्म रु १० लाख जति खर्च लागिसक्यो, यही पनि ऋणधन तथा आफन्तको सहयोगबाट गरेका हौँ”, उनले भने, “खै चिकित्सकले सम्पूर्ण उपचार गर्न अझै रु २५ लाखभन्दा बढी लाग्ने भनेका छन्, उपचार खर्च कसरी जुटाउने हो हामी निकै अन्योलमा छौँ।”

चिकित्सकले आफन्तबाट नै मिर्गौला प्रत्यारोपण गर्न पाएमा भने केही खर्च कम लाग्ने भनेको उनले सुनाए। अचानक स्वास्थ्यमा समस्या आएपछि पुन दम्पतीले कल्पनाको काठमाडौँस्थित किष्ट अस्पतालमा झण्डै दुई महीना भर्ना गरेका थिए। उक्त क्रममा नै दुवै मिर्गौला खराब भएको थाहा भएको थियो।

सामान्य मजदुरी गर्दै आएको आफूहरूको परिवारमा छोरीलाई अत्यधिक खर्चिलो रोगले च्यापेपछि रातदिन उपचारकै कुराले पिरोलिरहेको उनले दुखेसो सुनाए।

असल मन भएकाहरुको सहयोग पाएमा आफूलाई छोरी बचाउन सकिने आशा रहेको बताउँदै वीरबहादुरले सहयोगदातालाई आफ्नो मोबाइल नं ९८२५१४२१२० मा सम्पर्क गरेर वा आफ्नै नाममा रहेको मुक्तिनाथ विकास बैंकको ००५२१६००३६५१९००००००१ नं खातामा सहयोग गरिदिन अनुरोध गरेका छन्।

कल्पना पोखरा महानगरपालिका–३३ भरतपोखरीको कालिकास्थानस्थित सरस्वती टीका माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्छिन्। उनका दुई दिदी र एक भाइ पनि सोही विद्यालयमै पढ्छन्। उनको पोखरास्थित गण्डकी अस्पतालको मेडिकल वार्डको ४ नं बेडमा उपचार भइरहेको छ।

कल्पनाका दुवै मिर्गौलामा समस्या आई उपचार गरिरहँदा उनका साथीभाइका साथै समग्र विद्यालय परिवार पनि यतिखेर चिन्तामा छ।

उपचारमा केही भने पनि सहयोग होस् भन्दै विद्यालयका शिक्षक तथा विद्यार्थीको सहयोगमा सङ्कलित रु २८ हजार सहयोग रकम मङ्गलबारै विद्यालयका प्रधानाध्यापक नन्दलाल काफ्ले र सहायक प्रधानाध्यापक श्रीधर आचार्यले अस्पतालमा नै पुगी उनका बुबा वीरबहादुरलाई हस्तान्तरण गरे।

यो पनि पढ्नुस

दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्ला को राउतबेसी गाविसमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । विशेषगरी जोडी जुराउन र सन्तान माग्नकै लागी यस स्थानमा भक्तजनहरु दुप्चेश्वर महादेव पुग्ने गर्दछन् ।सदरमुकाम विदुरदेखि पूर्वमा रहेको राउतवेंशी गाविसको दुप्चेश्वर महादेवको मन्दिरमा यस्तो आस्था बोकेर जाने भक्तजनको आकर्षणले पछिल्लो समयमा सांस्कृतिक तथा धार्मिक महत्वलाई उजागर समेत गरिरहेको छ ।

हरेक वर्षको पुस महिनामा धान्यपूर्णिमाका अवसरमा साताव्यापी विषेश मेला, शिवरात्री, साउन महिना तथा हरेक सोमबार दुप्चेश्वर मन्दिरमा मेला लाग्ने गर्दछ ।यहाँ मुख्यतः सन्तान नहुने दम्पतिहरु सन्तान माग्न आउने र महादेवको भक्तिपछि दैवी शक्तिले सन्तान प्राप्त हुने विश्वास गरिन्छ । धान्यपूर्णिमादेखि एकसाता लाग्ने मेलालाई परम्परादेखि चल्दै आएको मेला नेपालकै सन्दर्भमा भने अलि अनोठो र फरक छ ।

‘जे माग्यो त्यही पूरा हुने’ धार्मिक विश्वास रहेको यस मन्दिरलाई हिन्दू र वौद्ध धर्मालम्बीहरुले दोस्रो पशुपतिनाथको रुपमा पुकार्दै आएका छन् । विषेशगरी निःसन्तान दम्पतिको इच्छा पूरा गरिदिने भएकोले मेलामा भीड लाग्ने गरेको दुप्चेश्वर संरक्षण समितिले बताएको छ ।दुप्चेश्वरको दर्शन गर्नाले मनले चिताएको पुग्ने, पुत्र प्राप्ती हुने, लामो समयसम्म नबोल्ने बालबच्चा बोल्ने विश्वासमा यहाँ टाढाटाढाका भक्तजनहरु भाकल गर्ने र भाकल पुरा भएपछि पनि महादेवको दर्शनका लागि यहाँ आउने गर्दछन् ।

छोराछोरी नभएकाको सन्तान, विवाह नभएकाको विवाहको लगन गराइदिन प्रार्थना गर्ने गरेको र इच्छा पूरा पनि भएको धेरै भक्तजनहरुको अनुभव पनि यहाँ सुन्न पाइन्छ ।दुर्गम क्षेत्र समेत मानिने यस धार्मिक स्थलमा रहेको दुप्चेश्वर मन्दिर सातसय मिटरभन्दा अग्लो चट्टानको पहरोमा अवस्थित छ । मन्दिरको फेदीमा रहेको तादी नदीबाट बनाइएको घुमाउरो छिँडी हुँदै पालैपालो भक्तजनहरुले पूजा र दर्शनका लागी उक्लने गरेका छन् ।

दुप्चेश्वर महादेवको उत्पत्ति:

पौराणिक कथनअनुसार चारसय वर्षअघि स्थानिय एक तामाङको दुहुनो गाई गोठालोमा हराएपछि खोजी गर्दै जाँदा छङ्गाछुरको पहरोमा आफ्नो चारै थुनबाट दुध चढाइरहेको भेटिएपछि सो ठाउँमा दुप्चेश्वर महादेव रहेको विश्वासमा प्रत्यक वर्ष धान्यपूर्णिमाका दिन विषेश मेला लाग्दै आएको छ ।अर्कोतर्फ, समुन्द्र मन्थनपछि निस्किएको कालकुट विष सेवनले रन्थनिएका महादेव गोसाइकुण्ड जाँदा दुप्चेश्वरमा आएको जनश्रुती पाइन्छ ।

त्यसैले सोही स्थानमा दुधेश्वर महादेव उत्पती भएका र पछि अपभ्रश भई दुप्चेश्वर नामाकरण भएको अर्को किंवदन्ती पाइन्छ । दुप्चेश्वर महादेवको मेला भर्न राजधानी काठमाण्डौं, धादिङ, रसुवा, सिन्धुपाल्चोक, मकवानपुर, गोरखा, चितवन लगायत देशका विभिन्न भागहरुबाट यहाँ वर्षेनी हजारौँ दम्पती भक्तजनहरु महादेवसँग सन्तान माग्न आउने गरेका छन् ।धार्मिक पर्यटनको गन्तव्यको रुपमा गतिलो सम्भावना बोकेको यस मेलामा तामाङ, शेर्पा जातिका परम्परागत संस्कृतिको प्रदर्शन रोचक र अनौठोसँग हेर्न पाइन्छ ।

सरकारी स्तरबाट यहाँ कुनैपनि पर्यटकिय महत्वको प्रचारप्रसार नभएकोले मेलाबाहेक अन्य समयमा यहाँ आउनेको संख्या अति नै न्यून रहेको दुप्चेश्वर मेला संरक्षण तथा व्यवस्थापन समितिले जनाएको छ ।दुप्चेश्वर महादेव जस्ता धार्मिक एवम् ऐतिहासिक सम्पदाको संवद्र्धन र प्रचारप्रसार गरी आन्तरिक एवम् वाह्य पर्यटकहरु भित्र्याउन सके नुवाकोटको मात्र नभई राष्ट्रिय आर्थिक समुन्नतिमा महत्वपूर्ण देन रहने बुद्धिजिवीहरुको विश्वास छ ।

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य