सरिता हत्याकाण्ड: मैले छातीमा थिचेँ, बाले खुट्टा समाए अनि मारे
  • आर.एम.खबर/काठमाडौं नेपाल

जिल्ला अदालतको जिल्ला न्यायधिश दुर्गा खड्काको एकल ईजलासले हत्याका आरोपी मृतक सरिताका श्रीमान् सुदिप दुलाल, ससुरा पिताम्बर दुलाल, सासु गंगा दुलाल, जेठाजु केशव दुलाल र जेठानी संगीता दुलाललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

१३ वैशाखमा घरमै घाँटीमा निलो डोम भएको अवस्थामा सरिताको शव उनकै घरमा फेला परेको थियो । उनको परिवारकै सदस्यवाट हत्या भएको भन्दै स्थानीयको दवावपछि प्रहरीले श्रीमान् बाहेक चार जनालाई नियन्त्रणमा लिएको थियो । त्यसको भोलीपल्ट श्रीमा्न सुदिपलाई गाँउमै लुकेर बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पाँचैजना प्रतिवादीले अदालतमा इन्कारी बयान दिए पनि हत्या गरिएकी सरिताका श्रीमान् सुदिपले आफै मात्रैले हत्या नगरेको भन्दै सामुहिक रुपमा हत्या गरेको बयान दिएपछि प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाएको थियो । ‘हत्यामा एक व्यक्तिको मात्रै प्रयोग नभएकाले प्रहरीले अनुशन्धानको दायरा फराकिलो बनाएको थियौ’ जिल्ला प्रहरी कार्यालय काभ्रेका एक अधिकृतले बताए ।

घटनास्थलको प्रमाणबाट पनि परिवारका अन्य व्यक्ति कसुरदार होइनन् भन्ने आधार नदेखिएको कुरा फैसलामा उल्लेख छ । प्रहरीले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भएको पोष्टमार्टम रिपोर्टले पनि सरिताको हत्या एक व्यक्तिबाट मात्रै नभएको देखाएपछि अनुसन्धान फराकिलो बनाएको थियो ।

 

विवाहको पाँच बर्षसम्म निरन्तर रुपमा दुलाल परिवारमा नागरिकतासँगै सम्पत्तिको बिषयमा विवाद हुँदै आएको थियो । हत्या भएकी सरिता दुलालका दाजु मण्डनदेउपुर–४ नयाँगाँउ चैनपुरका कृष्णप्रसाद दाहालले दिएको जाहेरीमै स्पष्टसँग बहिनीको सामुहिक रुपमा हत्या गरिएको उल्लेख छ ।

‘सरिताको हत्यापछि श्रीमान् सुदीप फरार हुनु, भुइँतलामा बस्दै आएकी सरिताको घाँटीमा डोरीले कसेको नीलडामसहितको शव माथिल्लो तलामा भेटिनु, बिहान १० बजे मात्रै घरका अन्य व्यक्तिले सरिता मृत अवस्थामा भेटिएको भनेर प्रहरीलाई खबर गर्नुले कर्तव्य गरी मारेको सम्भावनालाई बलियो बनाएको छ’ भनेर मृतकका दाजुले उल्लेख गरेका थिए ।

मृतकका श्रीमान् सुदिपले प्रहरी बयानमा बुबा पिताम्बर, आमा रोमकुमारी, दाई केशव र भाउजु संगीता समेतले धेरै बेसी भएकी छ यसलाई नमारी हुन्न भनेर उस्काएपछि हत्या गरेको प्रहरीलाई बयान दिएका थिए ।

उनले आफूलाई बुबाआमा,दाई भाउजुले उस्काएपछि श्रीमतीको छातीमाथि चढेर दुबै हातले केहीबेर घाँटी थिचेर बुबाले खुट्टा समाएको र दाजुले हात समातेको बयान दिएसँगै घटनामा पाँचैजनाको संलग्नता देखिएको भन्दै जिल्ला अदालत काभ्रेले फौजदारी कार्यविधी(संहिता) ऐन, २०७४ को दफा ८० बमोजिम कारागार कार्यालय धुलिखेलमा थुनामा राख्न पठाएको हो ।

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य