‘मैले छातीमा थिचेँ, बाले खुट्टा समाए’
  • आर.एम.खबर/काठमाडौं नेपाल

काभ्रेपलाञ्चोक । काभ्रेको मण्डनदेउपुर नगरपालिका–६ गैरिबिसौनादेउपुरकी २४ बर्षिया सरिता दुलालको हत्या आरोपी पाँचैजनालाई पुर्पक्षका लागि जिल्ला कारागार पठाएको छ ।

जिल्ला अदालतको जिल्ला न्यायधिश दुर्गा खड्काको एकल ईजलासले हत्याका आरोपी मृतक सरिताका श्रीमान् सुदिप दुलाल, ससुरा पिताम्बर दुलाल, सासु गंगा दुलाल, जेठाजु केशव दुलाल र जेठानी संगीता दुलाललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।१३ वैशाखमा घरमै घाँटीमा निलो डोब भएको अवस्थामा सरिताको शव उनकै घरमा फेला परेको थियो ।पाँचैजना प्रतिवादीले अदालतमा इन्कारी बयान दिए पनि हत्या गरिएकी सरिताका श्रीमान् सुदिपले आफै मात्रैले हत्या नगरेको भन्दै सामुहिक रुपमा हत्या गरेको बयान दिएपछि प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाएको समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

मृतकका श्रीमान सुदिपले प्रहरी बयानमा बुबा पिताम्बर, आमा रोमकुमारी, दाई केशव र भाउजु संगीता समेतले धेरै बेसी भएकी छ यसलाई नमारी हुन्न भनेर उस्काएपछि हत्या गरेको प्रहरीलाई बयान दिएका थिए । उनले आफूलाई बुबाआमा,दाई भाउजुले उस्काएपछि श्रीमतीको छातीमाथि चढेर दुबै हातले केहीबेर घाँटी थिचेर बुबाले खुट्टा समाएको र दाजुले हात समातेको बताएका छन् ।

इन्द्रेणी पुग्न साथ भाइरल ११ बर्से कमला घिमिरेको पहिलो दोहोरि,हराईन् रबिनलाई पुरा भिडियो हेरेर सक्दो शेयर गरौ

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य