नेपाल पत्रकार महासंघ कतार शाखाले सास्कृतिक कार्यक्रमको आयोजना गर्दै साथमा “सुचना प्रवाह, व्यबस्थापन तालिम तथा सचेतना कार्यक्रम”

अर्जुन पौडेल , दोहा कतार

नेपालवाट कलाकारहरु बोलाएर भिभिन्न सास्कृतिक कार्यकम गर्ने प्रवासमा एक प्रकारको होड नै चलेको हुन्छ l कतारमा पनि बिभिन्न समयमा बिभिन्न संग सस्थाले नाच्ने र नचाउने विविध सास्कृतिक कार्यक्रम गरेको पाईन्छ l यसपाली भने नेपाल पत्रकार महासंघ कतार शाखाले एउटा बिल्कुल फरक खालको सास्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ l बिशेसगरि सामाजिक गतिविधि र समाजसंग जोडिएका बिषयहरुमा आन्त्रक्रिया र छलफल कार्यक्रम गर्दै आएको शाखाले यसपाली पहिलो पल्ट “उदयमनिला सोताङ युगल सास्कृतिक साँझ २०७६” को आयोजना गर्ने भएको हो ।

उदय र मनिला सोताङ युगल जोडी नेपालमा नै एक सफल र राम्रा गायक गायिकाका का रुपमा परिचित कलाकार हुन् l उनीहरुका तिमि बिना , छिन् छिन् मा हास्न मन लाग्छ , दुख्छ छाती, उकाली चद्दौला , परखाई मै बित्यो , जस्ता कर्यो चर्चित र सदबाहर गीतहरु छन् l अमेरिका र यूरोप तिर मात्र यस्ता ठुला कलाकारको एकल साझ गरेको सुनिन्छ l तर यसपाली भने नेपाल पत्रकार महासघ कतार शाखाले कतार बासी नेपालीका लागि यो सुनौलो अवसर जुराएको छ l

अल डल्ला ड्राईभिङ सेन्टर थ्रिएटर हलमा १४ जुन २०१९ का दिन दिनको ३ बजे बाट हुने सास्कृतिक कार्यक्रका लागि बिभिन्न दर भाउका टिकटहरु को व्यवस्था गरिएको छ । पारिवारिक तर्फ (२००) बढीमा ३ जना , प्रथम तर्फ (१००), मध्यम तर्फ ( ५०) गरि तिन प्रकारका टिकट छन् l

प्रशिक्षण कार्यक्रम

यसका साथै संघले सोहि दिन बिहान २ घण्टाको लागि नेपालबाट आमंत्रित बिशिस्ट व्यक्ति बाट एक बिशेष प्रशिक्षण कार्यक्रम गर्ने भएको छ l “सुचना प्रवाह, व्यबस्थापन तालिम तथा सचेतना कार्यक्रम” नाम दिएको यो कार्यक्रममा कतारमा रहेका संघसस्था ,बुद्धिजीबी र पत्रकार हरु को बाक्लो उपस्थिति रहने जनाइएको छ l पहिलो कार्यक्रममा उपस्थित हुने सहभागिका लागि भने दोस्रो सास्कृतिक कार्यक्रमको ५० प्रतिशत छुट दिईने जनाईएको छ l प्रशिक्षण कार्यक्रमको लागि भने प्रतिव्यक्ति ५० रियाल शुल्क निर्धारण गरिएको छ भने सहभागीले एकदिने पत्रकारिता तालिमको प्रमाणपत्र पनि पाउने छन् l

कार्यक्रमलाई नेपाली कला केन्द्र कतार, अन्तराष्ट्रिय नेपाली साहित्य समाज कतार, नवोदित साहित्यिक बाचनालय कतारले सहयोग गर्ने छन् l

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य