‘पाल्पाली सेवा समाज कतार’ले गर्ने छैटौ साधारण सभा तथा सास्कृतिक कार्यक्रमको तयारी पूरा

अर्जुन पौडेल , दोहा कतार
‘पाल्पाली सेबा समाजको प्रतिबद्धता, निश्वार्थ समाज सेवा आजको आवस्यकता “ भन्ने मूल नारा सहित स्थापना भएको पाल्पाली सेवा समाज दोहा कतार ले गर्न लागेको छैटौ साधारण सभा को सम्पूर्ण तयारी पुरा भएको छ l सन् २००७ मा कतारमा स्थापना भई समग्र पाल्पालीहरुको सुख दुःखमा साथ दिँदै आएको समाजले साधारणसभा सहित सांगीतिक कार्यक्रम , तथा सम्मान कार्यक्रम गर्ने भएको हो l
यसै अवसरमा मुस्लिमहरुको महान पर्ब इद – अल फितरको सार्बजनिक बिदाको बेलामा बिभिन्न जिल्ला सस्था हरुको अन्तर जिल्ला स्तरीय भलिबल प्रतियोगिताको पनि आयोजना गरिएको छ l खेल खेल्नको लागि २५ मे देखि नाम दर्ता गर्न सुरु गरिएको र हरेक जिल्ला बाट आफ्नो जिल्लाको परिचय खुल्ने गरि खेलाडी छनोट गर्ने खेल संयोजक हेम बगालेले आर एम खबर सित बताउनुभयो ।
दोहा स्थित गल्फ प्याराडाइज होटलमा बिहान ११ : ३० बजे बाट हुने विविध सांगीतिक कार्यक्रममा नेपालबाट चर्चित कलाकार हरुको उपस्थिति रहने छ l कार्यक्रममा बरिस्ट कलाकार तथा ,चलचित्र निर्देशक नारायण रायमाझी, बरिष्ठ कलाकार इन्द्र जीसी, रोइलाका राजा मानिने लोक गायक शिशिर देबकोटा , लोक तथा दोहोरी गायिका मञ्जु पौडेल, लोक तथा दोहोरी गायक बिक्रम परियार र नृत्यंगना सपना ढेंगासहित कतारमा रहेका अन्य स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने समाजका अध्यक्ष र्इश्वर काफ्लेले बताउनुभएको छ।
कार्यक्रमले नेपाली कला संस्कृतिको संरक्षणमा टेवा पु–याउने भएकाले पनि समाजले यसप्रकारका कार्यक्रम गर्दै आएको अध्यक्ष काफ्लेले जानकारी गराउनुभयो । कार्यक्रममा पत्रकार तथा पाल्पा समाचारपत्रका सम्पादक यज्ञमूर्ति तिमिल्सिना, न्युज २४ टेलिभिजनका पत्रकार एवम् मोडल कृष्ण पाण्डेको समेत सहभागिता रहने छ ।कार्यक्रमको मुख्य प्रायोजकको रुपमा रानीमहल ट्रेडिङ टेलरिङ डव्लु एलएल रहेको छ ।
पाल्पाली सेवा समाजले पाल्पा जिल्लाका हरेक सुख दुखमा साथ दिदै आएको छ । यो समाजले हालैको वर्ष मात्रै जिल्लामा आधा दर्जन विद्यालयका गरिब तथा विपन्न परिवारका २ सय ५० विद्यार्थीलाई निःशुल्क झोला बितरण गर्नुका साथै दमकडा माध्यमिक विद्यालयको दृष्टिविहीन शाखामा १ लाख ११ हजार १ सय ११ रुपैयाँ बराबरको अक्ष्यकोष स्थापना गरेको छ ।
सस्थाले ७ जुन शुक्रबार हुने कार्यक्रममा बिल्कुल निशुल्क रहेको र कतार मा रहेका नेपाली कला सस्कृतिलाइ माया गर्न सम्पूर्ण लाइ कार्यक्रम उपस्थतीको लागि अनुरोध गरेको छ l

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य