पाँचथरमा भएको हत्याकाण्डका दुइ अभियुक्त यसरी परे प्रहरीको फन्दामा : पुरा पढ्नुहोस्
  • आर.एम.खबर/काठमाडौं नेपाल

पाँचथर – १५ वर्षीया किशोरी शीतल योङहाङको घाँटी रेटी हत्या गरेको अभियोगमा पक्राउ परेका दुई जना अभियुक्तलाई पाँचथर प्रहरीले सार्वजनिक गरेको छ ।

हिलिहाङ गाँउपालिका–४, पञ्चमीकी शीतलको गएको वैशाख २९ गते साँझको समयमा हत्या गरेको आरोपमा पक्राउ परेका १९ वर्षीय पदम तामाङ र भगिरथ बाँस्तोलालाई प्रहरीले सोमबार सार्वजनिक गरेको हो ।

शीतलको हत्या भएको अर्काे दिन वैशाख ३० गते फिदिमबाट पक्राउ परेका बाँस्तोला र आइतबार झापाको दमकबाट पक्राउ परेका तामाङलाई प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ गरी प्रहरीले सार्वजनिक गरेकामध्ये तामाङ घटनाको मुख्य योजनाकार तथा बाँस्तोला सहयोगी रहेको पाँचथरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र कुवँरले बताउनुभयो ।

पदम र शीतलबीच प्रेम सम्बन्ध रहेको र सम्बन्धमा खटपट आएपछि दुईजना मिलेर शीतलको हत्या गरेका प्रहरीको अनुसन्धानबाट खुलेको छ । पक्राउ गरी सार्वजनिक गरिएका दुवै जना जिल्लाको फाल्गुनन्द गाउँपालिका–२ पात्लेभञ्ज्याङका हुन् । पक्राउ परेका दुवै जनाले हत्या गरेको स्वीकारेका छन् ।उज्यालो

  • गलबन्दी गित हिट हुदा पनि किन दुखि छन प्रकाश सपुत ?दर्सकलाइ हात जोडेर यस्तो भने पुरा भिडियो :

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य