बुढेसकालमा के गरेका होलान थुक्क ! काउकुती लगाउछु भन्दै ६ वर्षीया बालिका बलात्कार गर्ने ६९ वर्षीय वृद्ध पक्राउ
  • आर.एम.खबर/काठमाडौं नेपाल

काठमान्डौ -प्रहरीले रामेछाप घर भएकी ६ वर्षीया बालिका बलात्कार गर्ने एक वृद्वलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका–९ लुबु लामाटार घर भएका ६९ वर्षीय शिव प्रसाद घिमिरे रहेका छन् । घिमिरेले गत जेठ १५ गते स्कुलबाट घर फर्किरहेकी बालिका (नाम परिवर्तन) सोनियालाई ललाईफकाई घर लगेर बलात्कार गरेको महानगरीय प्रहरी वृत्त, सातदोबाटोका प्रमुख डीएसपी गौतम मिश्रले जानकारी दिए डीएसपी मिश्रले भने, ‘सोनियालाई घिमिरेले एक्लै फर्किरहेको देखेपछि बोलाएर घरमा लगेर दही, रोटी र तरकारी खुवाएछन त्यसपछि काउकुती लगाउँछु भन्दै काखमा राखेर बलात्कार गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको छ घिमिरेले सोनियालाई पछि यो कुरा कसैलाई नभन भन्दै १० रपैयाँ दिएको समेत प्रहरी अनुसन्धानमा खुल्न आएको डीएसपी मिश्रले बताए । घरमा कसैलाई नभनेकी सोनियाले स्कुलको साथीलाई भनेपछि घटना बाहिर आएको बताइएको छ ।

घटनाबारे बालिकाकी आमाले थाहा पाएपछि जेठ १७ गते प्रहरी वृत्त सातदोबाटोमा घिमिरेमाथि उजुरी दिएकी थिइन् बालिकाको आमाको जोहरीपछि प्रहरीले जेठ १९ गते घिमिरेलाई घरबाटै पक्राउ गरेको डीएसपी मिश्रको भनाई छ पक्राउ परेका घिमिरेमाथि अदालतबाट ६ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ घिमिरेले यसअघि पनि बालिकाहरुलाई प्रलोभनमा पारेर बलात्कार गर्दै आएपनि स्थानीयले सानातिना घटना भन्दै गाउँमै मिलाउँदै आएको एक स्थानीय बताउँछन् । यता बालिकाको थापाथलीस्थित प्रसुती गृहमा सामान्य उपचारपछि घर फिर्ता गरिएको छ

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य