संखुवासभा समाज कतारद्वारा इद मिलन तथा आन्तरिक भेटघाट कार्यक्रम सम्म्पन्न ।

दोहा ,

इदको अवसर पारेर संखुवासभा समाज कतारले आन्तरिक भेटघाट तथा इद मिलन कार्यक्रम विविध सांस्कृतिक कार्यक्रमहरुका साथ सम्म्पन्न गरेको छ । दोहाको टप फर्म रेस्टुरेन्टमा संस्थाका अध्यक्ष लोक ब राईको अध्यक्षता सम्पन्न  भएको हो ।

महासचिव निरन नेपालको संचालनमा सम्पन्न उक्त कार्यक्रममा संखुवासभाली तथा गैर संखुवासभालीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । विभिन्न नृत्य, गायन तथा अन्य मनोरञ्जनात्मक सामग्रीको समेत  भएको थियो !

साथमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका सदस्य सुमन श्रेष्ठकि श्रीमती रचना श्रेष्ठको आगोमा जलेर आइसीयुमा उपचाररत भइरहेको र खर्चको अभाबको कारण सहयोगको लागि अनुरोध गर्नु भएकोमा संस्थाको पहलमा संकलित रकम (कतारी रियल १७८९.००) पनि हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी संस्थाका सल्लाहकार संयोजक नरेश श्रेष्ठ, कि रा या शाखा कतारका अध्यक्ष बिमल राई, सल्लाहकार एकराज राई लगायतले शुभकामना मंतब्य राख्नुभएको थियो ।साथै कार्यक्रम सफल बनाउन हरतरहले सहयोग गर्ने किरात राई यायोख्खा शाखा कतारलाई विशेष धन्यवाद दिईएको थियो ।

 

इन्द्रेणी पुग्न साथ भाइरल ११ बर्से कमला घिमिरेको पहिलो दोहोरि,हराईन् रबिनलाई पुरा भिडियो हेरेर सक्दो शेयर गरौ

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य