पाल्पाली सेवा समाज कतारद्वारा भलिबल प्रतियोगिता सम्पन्न , स्याङ्गजा (बी) टिम प्रथम

अर्जुन पौडेल l दोहा ,कतार ,

पाल्पाली सेवा समाज कतारद्वारा जिल्ला स्तरीय भलिबल प्रतियोगिता सम्पन्न गरेको छ  ।ईस्लाम धर्मवलम्बि हरुकाे पबित्र पर्व ईद उल फित्र काे अवसरमा र आफ्नो सस्थाको साधारण सभाको अवसर परेर पाल्पाली सेवा समाज कतारले जिल्ला स्तरीय भलिबल प्रतियोगिता सम्पन्न गरेको हो l   ।

खेल सनैया 52 लेफ्टसाईडमा रहेकाे भलिबल मैदानमा ३ जुन 201९ साँझ उद्घाटन भएको थियो  l उद्घाटन सत्र लगत्तै आया्जना भएकाे खेलहरु अत्यन्तै प्रतिस्पर्धात्मक र मनाेरञ्जनात्मक भएका थिए । साँझ 5 बजेबाट सुरुहुने  हरेक खेलहरुमा रातैभरि दर्शक ले साथ दिईरहेका थिए l खेल मैदानको  दृष्य हेर्दा हामि नेपालमै भएकाे अनुभुति गर्थेउ ।पाँच दिनकाे लगातार खेल पश्चात खेल  सफलरुपमा टुग्याउन  पाल्पाली समाज सफल भएको छ l

विभिन्न  १५ जिल्लाका  २३  टिमकाे सहभागिता रहेकाेप्रतियोगितामा स्याङ्गजा सहयोग समाजको टिम “बि” ले प्रथम स्थान हासिल गरेको छ  । बागलुङ सेवा समाजको टिम A  ले दोश्रो , कास्की  सेवा समाज कतारले तेस्रो र घरेलु टिम पाल्पा (टिम A) चौथो स्थान हासिल गरेका छन् l प्रतियोगितामा प्रथम ,द्वित्तिय तृतिय ,चौथो टिमले नगद पुरस्कारको प्राप्त गरेका छन् । प्रथम हुने टिमले कतारी रियल ४१११ /– (चार हजार एकसय एघार) द्वितीय हुने टिमले कतारी रियल  २,५११/– (दुई हजार पाँच सय  एघार) तृतीय हुने टिमले कतारी रियल १५११/– (पन्ध्र सय एघार)  र चौथो  हुने टिमले ५११ ( पाँच सय एघार ) , मेडल र प्रमाणपत्र हासिल गरेका थिए ।

अन्त्यमा  खेलाडि, दर्शक लगायत कार्यक्रम साैहार्दतापुर्ण बाताबरणमा सु सम्पन्न गराउनका निमित्त प्रत्यक्ष तथा अप्रत्यक्ष सहयाेग गर्ने सम्पुर्ण लाइ धन्याबाद दिदै   समाजका निवर्तमान अध्यक्ष इश्वर काफ्ले  कार्यक्रम समापन गरेका थिए ।

प्रथम हुन सफल स्याङ्गजा सहयोग समाजको टिम “बि”

1. टिम क्यप्टेन- मिलन गुरुङ्ग
2. धिराज बिक्रम शाही
3. निराज बिक्रम शाही(बेस्ट लिफ्टेर अफ दि म्याच )
4. निराज दर्जी
5. सन्तोष बस्याल
6. अमर नेपाली
7. सञ्जु सुनार
8. सोम थापा
9. मदन गुरुङ्ग
टिम म्यनेजर -बिमल के.सि
टिम कोच –राजु परियार
टिम संयोजक– सोमप्रकाश मानान्धार

 

  • गलबन्दी गित हिट हुदा पनि किन दुखि छन प्रकाश सपुत ?दर्सकलाइ हात जोडेर यस्तो भने पुरा भिडियो :

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य