जनसम्पर्क समिति कतारको सांसद चित्रलेखा यादव संग अन्तरक्रिया सम्पन्न

दोहा- नेपाली कांग्रेसको भात्रिसंगठन नेपाली जनसम्पर्क समिति कतारले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेस केन्द्रीय सदस्य पुर्ब मन्त्रि एवं पुर्ब उपसभामुख संघिय सांसद चित्रलेखा यादव संग अन्तरक्रिया गरेको हो l

नेपाली कांग्रेसले राष्ट्रव्यापी रुपमा संचालन गरेको १ महिने हिमाल पहाड तराइ-मधेश, नेपाली कांग्रेस, राष्ट्रिय जागरण अभियानको समापनको दिन अन्तरक्रिया कार्यक्रमको आयोजना गरि जागरण अभियानमा एकेबद्दता जनाएको हो ।

राष्ट्रिय जागरण अभियानको उदेश्य र उपलब्धि बारे यादवले प्रष्ट पार्दै नेपाली कांग्रेस मात्रै नेपालको लागि लोकतान्त्रिक पार्टी हो भन्ने जनताको बुझाइलाइ आत्मसाथ गर्दै जनताको भावना बुझ्न सुख दुखमा निरन्तर सक्रिय हुन र सामिप्यता बढाउन कार्यकर्ताहरुलाइ निर्देशित गर्ने जागरण अभियानको उदेश्य रहेको बताइन । नेपालको अर्थतन्त्रको ठुलो हिस्सामा टेवा पुर्याउने प्रवासी नेपालीहरुको मेहेनत र त्याग लाइ खेर जान नदिने गरि देशको समृद्धिको अभियानमा कांग्रेस प्रतिबद्ध रहेको भन्दै सरकारले गरेका गलत कामको खबरदारी लोकतान्त्रिक पद्दति अनुरुप गरिरहेको बताइन ।

नेपाली कांग्रेसका महासमिति सदस्य बिमल सुवेदीले जागरण अभियानले नेपाली कांग्रेसका कार्यकर्तामा मात्र नभई जनतामा समेत उत्साह पैदा गरेको भन्दै यो अभियानलाइ निरन्तरता दिन सुझाब दिएका थिए ।

कार्यक्रममा उपस्थित कांग्रेस प्रति आस्थावानहरुले बर्तमान राजनैतिक अवस्था सरकारको अधिनायकबाद उन्मुख क्रियाकलाप प्रति प्रतिपक्ष कांग्रेसको भूमिका अझै ससक्त हुनु पर्ने केन्द्रीय नेताहरुको गुटगत राजनीतिको अन्त्य हुनु पर्ने एकजुट भएर अगाडी बढ्नु पर्ने जस्ता बिषयमा आफ्ना धारणाहरु राखेका थिए । सहभागि हरुको धारणा समेटेर जनसंपर्कका आफ्नै माग र सुझाब केन्द्रिय सदस्य मार्फत पाट्री भित्र उठान गर्ने गरी ८ बुदे अवधारणा पत्र उहालाई बुझाईएको थियो । साथै जागरण अभियान अन्तर्गत नेपाली कांग्रेसबाट प्राप्त पत्रको निर्देशन अनुरुप जनसम्पर्क समिति कतारले नेपाली दुताबास कतारमा बुझाएको ज्ञापन पत्र वहा मार्फत केन्द्रमा पनि पठाएको छ ।

कार्यबाहक सभापति शंकर न्यौपानेको सभापतित्वमा संचालित उक्त अन्तरक्रिया कार्यक्रमको सहजीकरण महामन्त्री अजिज अलिले गरेका थिए उपस्थितहरुलाई स्वागत मन्तब्यबाट स्वागत सहमहामन्त्री केदार भुसालले गरेका थिए ।


जनसंपर्क समिति कतारको कार्यक्रम समापन पश्चात सोही हलमा सिराहा सेवा समाजको तर्फबाट उहालाई सम्मान पत्रका साथ सम्मान गरिएको थियो ।

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य