पाल्पाली सेवा समाज कतारको छैटौं साधारणसभा सम्पन्न ,अध्यक्षमा महल केसी

दोहा । पाल्पाली सेवा समाज दोहा कतारको छैटौं साधारण सभा सांगीतिक कार्यक्रम तथा सम्मान कार्यक्रम कतारमा सम्पन्न भएको छ ।साधारण सभा शुक्रबार कतारको कतारको सनैया स्थीत अल डल्ला ड्राईभिङ सेन्टरको सभाहलमा सम्पान भएको हो l

समाजका अध्यक्ष इश्वर काफ्लेको अध्यक्षता तथा बरिस्ट कलाकार तथा ,चलचित्र निर्देशक नारायण रायमाझीको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा कतारका भिभिन्न संघ सस्थाका प्रतिनिधि को बाक्लो उपस्थी रहेको थियो l

कार्यक्रममा कतारमा रही सामाजिक अभियानमा सक्रिय ब्यक्तित्व, विभिन्न सामाजिक संस्थाहरुका नेतृत्वकर्ता लगायतले शुभकामना दिएका थिए । रमेश कनौजेको संचालनमा संचालित कार्यक्रममा राष्टिय कलाकारहरु नारायण रायमाझी, मञ्जु पौडेल शिरिष देवकोटा, बिक्रम परियार र सपना ढेंगाले आ–आफ्नो प्रस्तुति राखेका थिए । कार्यक्रममा कतारमा रहेका पाल्पालीहरुले रोपाई नाच समेत प्रस्तुत गरेका थिए ।

साधारणसभाले कतारमा रही सामाजिक अभियान चलाउँदै आएका समाजसेवी महल केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको प्रथम उपाध्यक्षमा शेख अब्दुल, द्धितिय उपाध्यक्षमा ढकेश्वर भण्डारी, महासचिवमा रामलाल खाती, सचिवमा अर्जुन पाठक, कोषाध्यक्षमा सन्तोष काफ्ले, सहकोषाध्यक्षमा ऋषिराम श्रेष्ठ रहेका छन् ।

त्यस्तै सदस्यहरुमा कमल केसी, धिरज प्रसाई, आल बहादुर गाहा, दामोदर पाण्डे, सोम बहादुर श्रेष्ठ, जनक खाँण, रामचन्द्र पाठक, तोया श्रेष्ठ, पशुपति राना, राजेन्द्र काफ्ले, बलराम भट्टराई, बिष्णु प्रसाद सुवेदी रहेका छन् ।

नव निर्वाचित पदाधिकारीहरुलाई संस्थाका पूर्व अध्यक्ष लिलम चिदी लगायतले सपथ गराएका थिए । सन् २००७ मा स्थापित यो संस्थाले कतार र नेपालका समेत बिभिन्न रचनात्मक अभियान चलाउँदै आएको छ ।

अन्त्यमा नेपाल बाट आमन्त्रित् कलाकार हरु साथै पत्रकार तथा पाल्पा समाचारपत्रका सम्पादक यज्ञमूर्ति तिमिल्सिना, न्युज २४ टेलिभिजनका पत्रकार एवम् मोडल कृष्ण पाण्डे ,तिलु शर्मा , लगाएत बिभिन्न सहयोगी हरुलाई   खादा तथा सम्मपनपत्र द्वारा सम्मान गरिएको थियो l

योपनि हेर्नु होस्

 

 

  • गलबन्दी गित हिट हुदा पनि किन दुखि छन प्रकाश सपुत ?दर्सकलाइ हात जोडेर यस्तो भने पुरा भिडियो :

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य