प्रेम प्र.भट्टराईको लेखनमा ”दिक्तेल बजार २” बजारमा

पोखरा , जुन 18

पहिलो गीत हिट भएपछी गीतको सिक्वैन्स निकाल्ने  रङ्गमन्च बजारमा एक प्रकारको  लहरनै आएको छ ।       यसै क्रममा  चर्चित संगीतकार डी.आर.अटुको अर्को पुर्बेली लोक गीत ”दिक्तेल बजार २”को भिडियो बजारमा आएको छ । जसमा चर्चित गायक राजेश पायल राईको आवाज रहेको छ ।

दिक्तेल बजार १ मा शब्द र संगीत डी.आर.अटु को थियो ।दिक्तेल बजार – २ भने शब्द  साहित्यकार प्रेम प्रसाद भट्टराईको रहेको छ भने संगीत डी.आर.अटुलेनै दिएका छन ।

 

धेरै सर्जक तथा संगीतप्रेमीहरुबाट पुर्बेली लोक गीतको बादसाह उपमा पाएका डी.आर.अटुले गुडी जाने रेल,चौबन्दी चोलिले,दिक्तेल बजार,माथी माथी हिमाली भेगमा,स्कुले जीवन,हिडिजाने बटुवा,एक्ले वर,माया हजुर,सोल्टिनी ज्यु जस्ता दर्जनौ चर्चित लोक गीतहरु दिईसकेका छन ।

गजल , मुक्तक , गीतमा पोख्त भट्टराईले यो गीतमा खोटाङ जिल्लाको विभिन्न पर्यटकिय एवम धार्मिक सम्पदाको वर्णन गरेर बनाएका छ्न ।

”दिक्तेल बजार २”गीतको पुरा भिडियो हेर्नुहोस ।

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य