सांसद शान्ता चौधरीले ‘बी’ ग्रेड ल्याएर उत्तीर्ण , छोरीको ‘बी प्लस’

काठमाडौं । नेकपाकी सांसद तथा सचेतक रहेकी शान्ता चौधरी एसईई परीक्षामा बी ग्रेड ल्याएर उत्तीर्ण भएकी छिन् । दाङको तुलसीपुरस्थित तुलसीपुर माध्यामिक विद्यालयबाट परीक्षा दिउकी शान्ता बी ग्रेडमा उत्तीर्ण भउकी हुन् । २०७३ सालमा डाँडागाउँ मावि गोग्ली, घोराही–२ मा कक्षा ८ मा भर्ना भएकी थिइन् । उनी खुला विद्यालयमा भर्ना भएकी थिइन् ।

चौधरी २०६४ को पहिलो संविधानसभामा पनि तत्कालीन एमालेको कोटाबाट समानुपातिक सांसद बनेकी थिइन् । यस्तै चौधरीसँगै एसईई दिएकी उनकी छोरी बिनु चौधरीले बी प्लस ल्याएर उत्तीर्ण भएकी छिन् । १७ वर्षीया छोरी विनुले बाल सिर्जनालय सेकेण्डेरी बोर्डिङ स्कूल बसुन्धरा, काठमाडौँबाट परीक्षा दिएकी थिइन् ।

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य