दुबै हत्केला नभएकी छात्रा भाग्यमानी सविता थापा ! सफलताले दिएको खुशी

१३ असार, काठमाडौं । दुबै हत्केला नभएकी छात्रा सविता थापाले यस वर्षको एसईई परीक्षामा ३।३५ जीपीए ल्याइन् । खगेन्द्र नवजीवन विद्यालयकी छात्रा उनको नतिजाबाट उनीमात्र होइन, विद्यालय र अभिभावक पनि खुशी छन् । अनलाइन खबरमा लेखिएको छ ।

करेन्ट लागेर हत्केला गुमाएकी उनले सहयोगी राखेर परीक्षा दिएकी थिइन् । एसईई परीक्षामा राम्रो नतिजा ल्याएपछि शुक्रबार विद्यालयमा सविताको सम्मान गरिएको छ । उनलाई परीक्षा राम्रो शिक्षकहरुले नगद पुरस्कार दिने घोषणा गरेका थिए । शुक्रबार उनलाई शिक्षकहरुले नगद पुरस्कार पनि प्रदान गरे । अब उनी विज्ञान संकाय पढ्ने योजनामा छिन् ।

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य