आज हाँस्यकलाकार सुन्तलीको जन्मदिन ! धुर्मुसले लेखे यस्तो मनछुने स्टाटस….
  • आर.एम.खबर/काठमाडौं नेपाल

आज हाँस्यकलाकार सुन्तली अर्थात कुन्जना घिमिरेको जन्मदिन परेको छ । उनि ललितपुर जिल्लामा जन्मेकी हुन् । नेपाल टेलिभिजनबाट प्रशारण हुने हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ मा सुन्तली’ को भुमिका निभाए पछाडि उनि निकै चर्चित भएकी हुन् ।

उनको त्यो अभिनयलाई अत्याधिक रुचाइएको थियो। उनले हास्य टेलिश्रृंखला मेरी बास्सै’ बाटनै धेरै फ्यान कमाएकी हुन् । उनलाई अझै पनि दर्शकहरुले सुन्तली नामले चिन्ने गर्दछन् । उनको जन्मदिनमा उनका श्रीमान अर्थात् हाँस्यकलाकार सिताराम कट्टेल ९धुर्मुस० ले सामाजिक संजालमार्फत मनछुने शुभकामना दिएका छन् । कुन्जनाले आफ्नो जन्म दिन ससाथिभाई तथा आफन्तका साथ मनाएकी छिन् ।

कुन्जनासंगको एक तस्विर शेयर गर्दै उनले यस्तो लेखेका छन्, ‘मायाको महत्व तिमीले सिकायौ, दयाको देवत्व तिमीले जगायौ । दुःख र कष्ट दबाउन सघायौ, चुनौतिलाई चिर्न पाईला अघि बढायौ । समग्रमा भन्दा अपुरो, अधुरो मेरो यो जीवनलाई पूरा मात्र होइन हराभरा बनायौ । मनकी रानी, तिमीलाई जन्मदिनको करोडौ शुभकामना ।”

यो पनि हेर्नुहोस्ः लोक गायक राजु परियार र बिमा कुमारी दुरा पहिलोपटक एकसाथ मिडियामा,जन्म दिनमा श्रीमतीलाइ उपहार छोरा – नेपाली लोक संगीतका राजा लोकप्रिय गायक राजु परियार आफ्नो जन्म दिनको अवसरमा १ बर्षीय छोरा र श्रीमती सहित मिडियामा आएका छन।बर्षौ लामो समय उनि गीत संगीतबाट टाढा थिए।केहि समय अगाडी उनि फेरी लोक संगीतमै फर्किएका हुन्।

उनि १५ हजार भन्दा बढी गीत गाउने एक मात्रै गायक पर्दछन।उनि आफुलाई अझै पनि भर्खरै पाईला चाल्दै गरेको गायकको रुपमा चिनाउन चाहन्छन।जन्म दिनको अवसरमा उनले आफ्नो दिदि मानेका गायिका बिमा कुमारी दुरा पनि मिडियामा आएकी छिन। हेरौ बिशेष कुराकानी :

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य