३० वर्ष काटेपछि यस्तो खानपान तपाईका लागि विष समान हुन्छ
  • आर.एम.खबर/काठमाडौं नेपाल

उमेर ढल्कदै गएपछि खानपान र स्वास्थ्यमा खास ध्यान दिनैपर्छ । भनिन्छ नि, किशोरवयमा ढुंगा पनि पचाउन सकिन्छ । तर, जति जति उमेर ढल्कदै जान्छ, उत्तिनै हाम्रो शरीरको कार्य क्षमता कमजोर जान्छ । पाचन यन्त्र पनि उस्तै रहँदैन । खासगरी ३० बर्ष पार गरेपछि हामीले आफ्नो शारीरिक क्षमता गुमाउँदै जान्छौं ।

हुन त यो सबैको हकमा लागु हुँदैन । कतिपयको रोग प्रतिरोधात्मक क्षमता एवं शारीरिक अंगको कार्यक्षमता उमेर ढल्कदै जाँदा पनि उत्तिकै बलियो र तन्दुरुस्त हुनेगर्छ । यद्यपी धेरैजसोमा भने ३० बर्ष उमेर पुरा गरेपछि शरीर कमजोर हुन थाल्छ । यो त्यही उमेर हो जहाँ हाम्रो रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन थाल्छ । पहिले पहिले सजिलै घट्ने ज्यान अब शरीरमै थेगि्रन थाल्छ । धेरैले वृद्धवृद्धाको रोग भनेर चिन्ने ओस्टियोपोरोसिस रोग पनि यही उमेरमा सुरु हुन थाल्छ ।

त्यतिमात्र हैन, यो त्यही उमेर हो, जसमा मानिसहरुको ध्यान बच्चा जन्माउनेतिर केन्दि्रत हुन थाल्छ । किनकी यस उमेर पश्चात्त महिलाहरुको प्रजनन क्षमता समेत परिवर्तित हुन थाल्छ । तीस वर्षको उमेर पश्चात्त देखिने विभिन्न स्वास्थ्य सम्बन्धि समस्यालाई लिएर डिप्रेशनमा जानु अगाडी याद गर्नुहोस्, एजिङ प्रक्रिया सुरु हुनुमा खानेकुराको भूमिका महत्वपूर्ण मानिन्छ । हेर्नुहोस भिडियो : र यो पनि पढ्नुहोस् :क्यान्सर जितेर डेढ महिनाकी छोरी बचाउन र म बाँच्न चाहान्छु : सक्नेले आर्थिक नसक्नेले सेयर गरेर सहयोग गरिदिनुस्
ब्लड क्यान्सर पीडित धनुषास्थित जनकपुर उपमहानगरपालिका–१ कि ३५ वर्षीया पिंकी कुमारी साहको आर्थिक अभावका कारण उपचारमा गर्न समस्या परेको उनका परिवारले जनाएका छन् । गएको वैशाख ३१ गते छोरीलाई जन्म दिएकी उनको काठमाडौंस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)मा उपचार भइरहेको छ । चार महिनादेखि सिभिल अस्पतालमा उपचाररत पिंकीको अझै १० महिना उपचार गर्नुपर्ने चिकित्सकले बताएका पिंकीका श्रीमान् रोशन कुमार साहले ओएसनेपाललाई जानकारी दिए ।

गएको फागुन ३१ गते सिभिलमा भर्ना भएकी उनलाई ब्लड क्यान्सर (एपीएमएल) भएको हो । जसको उपचार गर्न लाखौं रुपैयाँ लाग्ने रोशनले जानकारी दिए । उनकाअनुसार पिंकीको उपचारमा हालसम्म २२ लाख भन्दामाथि सकिएको र अझै १५–२० लाख रुपैयाँ लाग्ने छ । तर, यत्रो रकम जुटाउन नसक्ने भएपछि साह परिवार तनावमा परेका छन् । हालसम्म जसोतसो ऋण धन गरेर उपचार गरेको जानकारी दिएका रोशनले अहिले पैसा नभएको र उपचार गर्न कठिन रहेको बताए । गहभरी आँशु पार्दै रोशनले श्रीमतीको उपचार गर्न ऋण समेत नपाएको दुखेसो पोखे ।

डेढ महिनाकी छोरी घरमा पठाएर कहिले अस्पताल त कहिले भाडामा लिएको कोठामा बस्दै उपचार गर्दै आएकी पिंकीलाई आफ्नो रोगको भन्दा पनि छोरीको चिन्ताले सताइरहेको पति रोशनले जानकारी दिए । दुधे छोरीलाई आफ्नो काखबाट टाढा राख्नु पर्दाको पीडा शब्दमा वर्णन गर्न नसकिने पिंकीले आफ्नो पीडा सुनाइन् ।

‘बाँचेर छोरी हुर्काउने इच्छा भए पनि उपचार गर्न पैसा अभावले के हुने हो यसै भन्न सकिएन’, उनले भनिन्, ‘कसैले आर्थिक सहयोग गरे मेरी छोरीले आमाको काख पाउने थिइन्।’ पैसाको जोहोका लागि धेरैसँग हात थाप्दा पनि नपाएपछि निराश बनेका पिंकीका श्रीमान रोशनले पनि श्रीमतीको उपचारमा आर्थिक सहयोग गरिदिन सबैमा अपिल गरेका छन् । सहयोगका लागि उनले आफ्नो मोबाइल नम्बर ९८०८५३८१७२ दिएका छन् । एनएमबी बैंक जनकपुर शाखामा रहेको रोशन कुमार साहको खाता नम्बर ०३०२४९००७२०५०२०००००१ मा रकम जम्मा गरिदिएर सहयोग गर्न पति रोशनले सबैमा आग्रह गरेका छन् ।

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य