संसारकै अनौठो मन्दिर, जहाँ रातो खुर्सानीले अभिषेक गरिन्छ पुरा पढ्नुहोस्
  • आर.एम.खबर/काठमाडौं नेपाल

दक्षिण भारत विचित्र खाले मन्दिर तथा हिन्दू परम्पराका लागि चर्चित छ । त्यहाँ एउटा यस्तो मन्दिर पनि छ जहाँ रोगबाट बँच्नका लागि खुर्सानीबाट अभिषेक गराइन्छ ।

तमिलनाडुस्थित वेलुप्पुरम जिल्लामा पर्ने इधांचवाडी गाउँमा रहेको वर्ना मुथु मरियम्मन मन्दिरमा हरेक वर्ष ८ दिनसम्म यस्तो उत्सव मनाइन्छ । जहाँ खुर्सानीको अभिषेक हेर्नका लागि ठूलो संख्या भक्तजनहरु उपस्थित हुन्छन् । मानिसहरुको स्वस्थ रहने कामना पूरा गर्नका लागि रातो खुर्सानीको अभिषेक गरिन्छ ।

मन्दिरको परम्परा अनुसार त्यहाँक तिनजना सबैभन्दा वरिष्ठ मानिसहरु दिनभर उपवास गर्दछन् अनि कपाल मुण्डन गर्दछन् । त्यसपछि मन्दिरमा ती मानिसहरुको पुजारीबाट पूजा हुन्छ ।

त्यसपछि उनीहरुको विभिन्न सामाग्रीहरुबाट अभिषेक गरिन्छ । त्यसमा चन्दन, फूलका साथै खुर्सानीले अभिषेक गरिन्छ । तिनै जनाको जिउमा रातो खुर्सानीको लेप पनि दलिन्छ । खुर्सानीको लेदो खुवाइन्छ पनि ।

अन्त्यमा उनीहरुलाई निमको पानीले स्नान गराएर मन्दिर भित्र लगिन्छ । मन्दिर भित्र उनीहरुले बलेको भुग्रोमाथि हिड्नु पर्दछ । सो गाउँमा पछिल्लो ८५ वर्षदेखि यो परम्परा चलिआएको बताइन्छ ।
यो पनि पढ्नुहोस् :राजधानीमा नक्कली सवारी चालक अनुमती पत्र बनाउने गिरोह पक्राउ
काठमाडौं – प्रहरीले नक्कली सवारी चालक अनुमती पत्र बनाउने एक गिरोहलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोली र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले गिरोहका चार सदस्यलाई पक्राउ गरेको छ।

उनिहरुको साथबाट नक्कली सरकारी छाप र लाइसेन्स बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा ललितपुरको धोबिघाट बस्ने रामेछापका ४० वर्षीय मुनाल कुमार मोक्तान, काठमाडौंको चाबहिल बस्ने सिन्धुपाल्चोकका ३८ वर्षीय राजेशकुमार श्रेष्ठ, तिलगंगा बस्ने ३८ वर्षीय राधेश्याम नगरकोटी र कागेश्वरीका २८ वर्षीय रुपेन्द्र दर्जी रहेका छन्।

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य