एन आर एन ए कतारको सचीवमा डिल्लीराम भट्टराईको उम्मेदवारी

दोहा कतार ,

आर एन ए कतारको चुनावको मिति नजिकिदै गर्दा डिल्लीराम भट्टराईले सचीव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

पर्वत जिल्लामा जन्मेर हाल रुपन्देहीमा बसोबास गर्दै बिगत १३ बर्स देखि कतारमा रहेर विभिन्न सामाजिक क्षेत्र आवद्ध रहेका भट्टराईले आफुले आर्जन गरेको अनुभको आधारमा सचीवमा उम्मेदवारी दिन लागेको बताए ।

कतारमा स्थापित विभिन्न सामाजिक संस्थाको नेतृत्व समेत गरिसकेका भट्टराईले सन २०११ देखि एन आर एन ए कतारको पार्सद सदस्य रहदै २०१७ -२०१९ को कार्यकालमा संघ-संस्था समन्वय समितीको सह-संयोजकको जिम्मेवारी निर्वाह गरिरहेका छन् । सन २००९ साल देखि पर्बत समाज कतारमा आबद्द हुदै आफ्नो सामाजिक कार्यलाइ निरन्तरता दिदै आएका उनी हाल सस्थाको मानार्थ सदस्य रहेका छन् ।

यस्तै सन २००९ मा स्थापना भएको समाज सेवा अभियान रुपन्देहिमा सन २०१० मा  आबद्ध भै हाल दोस्रो पटक पुन सर्वसम्मत अध्यक्षको कार्यभार समाली रहेका छन् । भट्टराईले प्रदेस नम्बर पाच समन्वय परिषद कतारको माहासचिब पदमा रहि आफ्नो जिम्मेबारि समाल्दै आएका छन ।

कतारमा रहेर निरन्तर समाज सेवामा सक्रिय भट्टराई यहाँ रहेका सबै सामाजिक ब्याक्तित्वका बिच सरल र अनुशासित सामाजिक कार्यकर्ताको रुपमा परिचित छन् । एन आर एन ए कतारको २०१७-२०१९ कार्यकालको युवा संयोजकमा उम्मेदवारी दिइएको उनले सबै अग्रजको सल्लाहमा सहमतिको लागि उम्मेदवारी फिर्ता लिएका थिए यस पटक आफु उम्मेदवार बन्दै गर्दा सम्पुर्ण को सहयोग मिल्ने मा आफु आसाबदि भएको बताएका छन ।

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य