२ महिनामा बाबुले छोडेपछि गिटि कुटेर पालिन आमाले । गित गाएरै आमालाई पाल्ने यस्तो सपना ~ सक्दो सेयर गर्नुहोला !!

२ महिनामा बाबुले छोडेपछि गिटि कुटेर पालिन आमाले । गित गाएरै आमालाई पाल्ने यस्तो सपना ~ सक्दो सेयर गर्नुहोला !! भिडियो अन्तेममा छ
यो पनि पढ्नुहोस् :मोरङमा इजरायल पठाइदिने भन्दै ठगिए १४ युवा युवती!जनहितको लागि सक्दो सेयर गरिदिनुहोला!!!
मोरङको लेटाङ नगरपालिका–५ का ५० वर्षीय कूलबहादुर लिम्बूको काठमाडौं बस्छन् । टोखा नगरपालिका–८ मा गाई पालन तथा सुब्बा अर्गानिक तरकारी फार्म छ । फार्म सञ्चालक लिम्बूको धन्दा भने विचित्रको रहेको पाइयो । बाहिर देखाउँदा आफू एउटा महान कृषक भन्ने देखाउने उनको भित्री धन्दा भने धेरैलाई आश्चर्यचकिन पार्ने खालको छ । वैदेशिक रोजगारीका लागि प्रतिबन्धित मुलुक इजरायल पठाइदिने भन्दै उनले लेटाङकै १४ युवा युवतीसँग लाखौं रुपैयाँ ठगी गरेका छन् । कामदार पठाउन सरकारले प्रतिबन्ध लगाएको मुलुक हो इजरायल । ठगीमा उनीसँगै सिन्धुपाल्चोकका ज्ञानबहादुर तामाङ पनि संलग्न रहेको अनुसन्धानले देखाएको छ ।
श्रम तथा रोजगार कार्यालय विराटनगरका अनुसार कूलबहादुरको ठगीमा आफन्त र छिमेकीहरु परेका छन् । सबैसँग गरेर १९ लाख ८० हजार रुपैयाँ ठगी गरेको पुष्टि भएको कार्यालयका प्रमुख एवं बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले बताए । उनले १४ जनासँग प्रति व्यक्ति १ लाखदेखि २ लाख ८० हजार रुपैयाँसम्म ठगी गरेको बताए । तीन वर्षदेखिको ठगीमा पर्नेमा उनका भतिजा, भान्जादेखि छिमेकीसम्म छन् ।
लेटाङ–३ का हर्कबहादुर लिम्बू, लेटाङ–५ का खड्गबहादुर सुब्बा, रामबहादुर मगर, गोपाल चेम्जोङ, सजेन्द्र बोहरा, दुर्गा बोहरा, कृष्णबहादुर मगर, प्रदीप लिम्बू, जीतबहादुर राई, लेटाङ–६ का गंगाराम थापा, लेटाङ–८ की सपना राई, लेटाङ–९ का रुद्र लिम्बू, धनबहादुर लिम्बू र सुमन लिम्बूमाथि कूलबहादुरले ठगी गरेको कार्यालयले जनाएको छ । नातामा हर्क बहादुर, खड्गबहादुर र प्रदीप भतिजा एवं रुद्रबहादुर भान्जा हुन् । कूलबहादुरले २०७५ साल असार मसान्तसम्ममा सबै जनालाई पर्यटक भीषामा इजरायल पठाइसक्ने र पठाउन नसके तत्काल पैसा फिर्ता दिने भनेर कागज पनि गरेका छन् ।
पुरुष तथा महिलालाई जान सहज हुने विमानस्थल प्रयोग गरेर इजरायल पुगेपछि श्रम गर्न पाउने वर्कपरमिट भीषाको व्यवस्था मिलाइदिने कागजमा उल्लेख छ । इजरायल पुगेपछि कूलबहादुरलाई प्रति व्यक्ति ८ लाख रुपैयाँ बुझाउनु पर्ने भनेर गरिएको कागजमा पीडित युवा, युवती तथा कूलबहादुुरको हस्ताक्षर र औंठा छाप छ । सबै कागज हामीसँग सुरक्षित छन् ।
अर्गानिक तरकारी र दूध उत्पादन गर्ने नाममा वैदेशिक रोजगारीको अवैध धन्दा चलाउने गरेको पुष्टि भएको अनुसन्धानले देखाएको छ । पीडितहरुले दोषीमाथि कारबाही हुनु पर्ने माग राखेर श्रम कार्यालयमा दिएका छन् । उजुरीकै आधारमा श्रम कार्यालयले पक्राउ पूर्जी जारी गरेपछि महानगरीय प्रहरी परिषर टेकुले कूलबहादुरलाई काठमाडौंबाट पक्राउ गरेर विराटनगर ल्याएको थियो । कुनै कोही व्यक्तिलाई विदेश पठाउन आधिकारिक मेनपावर दर्ता गरेर इजाजत लिनु पर्नेमा अनुसन्धान गर्दा उनले दर्ता गरेको नपाइएका कारण वैदेशिक रोजगार ऐन आकर्षित हुने श्रम अधिकृत सञ्जेलको भनाइ छ ।
वैदेशिक रोजगार ऐन २०६४ को दफा १० ले कसैले पनि मेनपावरको इजाजत नलिइकन कसैलाई विदेश पठाउने वा सो सँग सम्बन्धित काम गर्न रोक लगाएको छ । यदि गरेमा निजलाई सोही ऐनको दफा ३ देखि ५ लाख रुपैयाँसम्म जरिवाना र ३ वर्षदेखि ७ वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।
पक्राउ गरेर विराटनगर ल्याइएका कूलबहादुरलाई ३५ दिन भित्र सबै रकम फिर्ता गर्ने गरी कागज गराएर साधारण तारेखमा छाडिएको थियो । पैसा फिर्ता नगरेसम्मका लागि उनको नाममा रहेको ८ कित्ता जग्गा रोक्का गरिएको जानकारी सञ्जेलले दिए । उनका अनुसार तोकिएको समयमा पैसा फिर्ता नगरे त्यही जग्गा लिलाम बिक्री गरेर पीडितलाई भराउने प्रक्रिया अघि बढाइने छ ।
एक पटक श्रम कार्यालयको सम्पर्कमा आएका ठगीमा संलग्न कूलबहादुरका अर्का साथी ज्ञानबहादुर तामाङ अहिले फरार रहेको र खोजी भइरहेको जानकारी सञ्जेलले दिए । भने, ‘कूलबहादुर र ज्ञानबहादुर दुवै जना विदेश जान सक्ने सम्भावनालाई मध्यनजर गर्दै त्यसमा पनि रोक लगाइसकिएको छ ।’ बुधबार तारेखमा बोलाइएका कूलबहादुरले भ्रष्टाचार विरोध छवि बनाएका नेपाल सरकारका उपसचिव एवं श्रम अधिकृत सञ्जेललाई पनि कार्यालयमै प्रलोभनमा पार्ने प्रयास गरेको बताइएको छ । त्यसपछि सञ्जेलले कर्मचारीलाई निर्देशन दिएर उनलाई कार्यकक्षबाट बाहिर निकालेका थिए ।
यता कूलबहादुरले भने बिहीबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै आफूलाई सञ्जेलले दुरव्यवहार गरेको आरोप लगाए । उनले सञ्जेलले एउटा सेवाग्राहीमाथि गर्नै नहुने व्यवहार देखाएको र विभिन्न धम्कीहरु पनि दिएको दाबी गर्दै आफ्ना कर्तुत लुकाउने प्रयास गरे । उनले आफू गाई र तरकारीको फार्म खोलेर बसेका कारण वैदेशिक रोजगारीमा कहीं पनि नजोडिएको दाबी गरे । ‘मैले कोही कसैलाई विदेश पठाइदिने भनेर भनेकै छैन,’ कूलबहादुरले भने, ‘त्यत्तिकै झुठो आरोप लगाएर दुःख दिने काम भइरहेको छ ।’
१४ जनाले श्रम कार्यालयमा दिएको उजुरी र इजरायल पठाइदिने भनेर गरेको कागजका विषयमा भने उनले केही बोल्न चाहेनन् । ‘मलाई जेठ २८ गते केही युवाले आँखामा पट्टी बाँध्दै अपरहण गरेर लगेर कागजमा हस्ताक्षर गर्न लगाए,’ उनको दावी थियो, ‘त्यसपछि प्रहरीले श्रम कार्यालयमा बुझाइदिएको हो ।’ श्रम अधिकृत सञ्जेलले भने कूलबहादुरमाथि कुनै गलत व्यवहार नगरिएको बताए । ‘कार्यालयमा सयौं सेवाग्राही अनेक समस्या लिएर आउँछन्,’ उनले भने, ‘सेवाग्राहीको काममा समय दिनु कि कूलबहादुर जस्ता ठगलाई दुव्यवहार गर्नु ?’
बिहीबार पनि पीडितहरु श्रम कार्यालय विराटनगरमा आएका थिए । पीडित विराटनगर आएको थाहा पाएपछि भने कूलबहादुरले सुटुक्क विराटनगर छाडेका छन् । पीडित मध्येका गंगाराम थापाले राम्रो कमाई हुने र नियमपूर्वक रुपमै जान पाउने भन्दै प्रलोभनमा पारेर आफूसँग कूलबहादुरले १ लाख रुपैयाँ कागज गरेरै लिएको बताए । ‘अझै पनि इजरायल पठाइदिन्छु कहीं पनि उजुरी नगर्नु भनेर भनिरहेका छन्,’ उनले भने, ‘हामीले पैसा माग्दा फिर्ता दिन मानिरहेका छैनन् ।’ सुरुमा विश्वासका भरमा पैसा दिएको र केही समयपछि कागज नै गरिएको थापाले बताए ।
अर्का पीडित एवं नातामा भतिज पर्ने खड्गबहादुरले नेपालबाट सम्भव नभएको भन्दै आफूहरुलाई भारतसम्म लगेर त्यहाँबाट अवैध बाटो हुँदै इजरायल पठाउन पनि खोजिएको बताए । ‘एक वर्ष अघि हामीलाई भारतसम्म पु¥याएर स्वास्थ्य परीक्षण पनि गरियो,’ उनले भने, ‘त्यहाँबाट पनि पठाउन सकिएर भन्दै फर्काइयो ।’ कूलबहादुरले केही व्यक्तिहरुले राहदानी अझै पनि आफ्नै कब्जामा राखेको उनको भनाइ छ ।
पीडित मध्येका हर्कबहादुरले जतिसक्दो चाँडो इजरायल पठाउने भने पछि घरमा पालिएका बँगुर, खसी, बाख्रा सबै हतारहतार सस्तोमा बिक्री गरेर पैसा बुझाएको बताए । ‘ऋण खोजेर दिन्छौं भन्दा पनि समय छैन भनियो,’ उनले भने, ‘घरमा पालेका १५ हजार पर्ने खसी १० हजारमै बेचेर पैसा बुझाइयो ।’

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य