जीवनमा खुसी र सफलता ल्याउने बुद्धका १० वाणीहरु !! पुरा पढेर पालना गर्नुस जीवन बदलिने छ
  • आर.एम.खबर/काठमाडौं नेपाल

भगवान् गौतम बुद्ध बौद्ध धर्मका प्रणेता हुन् । अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । बुद्ध कहलाईनु अघि यिनको नाम सिद्धार्थ गौतम थियो । यिनीलाई शाक्य मुनि गौतम बुद्ध पनि भनिन्छ ।

गौतम बुद्धको जन्म र मृत्यु कहिले भयो भनी यकिनका साथ भन्न नसकिए पनि बिसौं शताब्दिका धेरैजसो इतिहासकारहरू उनको जीवनकाल ५६३ ईशापूर्व देखि ४८३ ईशापूर्व रहेको भन्ने कुरामा एकमत देखिन्छन्। पछिल्लो समयमा भएका अनुसन्धान अनुसार उनको मृत्यु ४८६ देखि ४८३ ईशापूर्वको वीचमा रहेको मानिएको छ । तथापि गौतम बुद्धको जन्म बैशाख शुक्ल पूर्णिमाको दिन हाल नेपालको सीमाभित्र पर्ने रूपन्देही जिल्लाको लुम्बिनी भन्ने ठाउँमा भएको थियो भन्ने कुरामा दुईमत छैन । उनले आफ्नो जीवनकालको पहिलो २९ वर्ष पिताद्वारा प्रदत्त राजसी सुखमा बिताए। तर पनि उनी सदा संसारमा व्याप्त दु:खको कारण र त्यसको निवारण के होला भनी चिन्तित रहन्थे। यही दु:ख निवारणको सत्यमार्ग पत्ता लगाउने उद्देश्यले २९ वर्षको उमेरमा गृहत्याग गरी सिद्धार्थ भारतको विभिन्न ठाउँमा सात वर्षसम्म कष्टदायक तपस्या गर्दै हिंडे।

अन्तत: कष्टदायक मार्गले सत्यको प्राप्ति हुन सक्दैन भन्ने महशुस गरी मध्यमार्गको अवलम्बन गर्ने अठोट गरे। बोधगया भन्ने ठाउँमा एक बृक्षको मुनि अधिष्ठानपूर्वक ध्यान गर्दा गर्दै उनलाई सम्यक सम्वोधि प्राप्त भयो र उनी सम्यक सम्बुद्ध कहलाईए। त्यसपछि शेष ४५ वर्षसम्म उनी भारतवर्षका विभिन्न ठाउं पुगी दु:ख निवारण सम्वन्धी आफूलाई प्राप्त महाज्ञान बाँड्न रातदिन लागिपरे।

गौतम बुद्धका केही जीवनउपयोगी वाणी पढ्नुस्: भुतकालमा नउल्झ, भविष्यको सपनामा नहराउ। वर्तमानमा ध्यान देउ। यहि खुसी रहने बाटो हो। तिम्रो क्रोधको लागि कसैले सजायँ दिदैन, बरु तिमीलाई आफ्नै क्रोधबाटै सजायँ मिल्छ। संकोच र शंकाको बानी भन्दा भयानक अर्को हुदैन। शंकाले मानिसलाई अलग गर्दछ र मित्रता तोड्छ। हजारौं लडाइ जित्नु भन्दा राम्रो यो हो कि तिमी आफुमाथी विजय प्राप्त गर। अनि जित सदैव तिम्रो हुनेछ।

तीन चिज कहिल्यै लुक्न सक्दैन, सूर्य, चन्द्रमा र सत्य। लक्ष्यमा पुग्नु भन्दा महत्वपूर्ण लक्ष्यसम्मको यात्रा राम्रोसंग गर्नु हुन्छ। हजारौं शब्द भन्दा त्यो एक शब्द राम्रो हुन्छ जसले शान्ति ल्याउँछ। घृणाले घृणा कहिल्यै कम गर्न सक्दैन। घृणालाई केवल प्रेमले मात्र समाप्त गर्न सकिन्छ। यो एक प्राकृतिक सत्य हो। सत्यको मार्गमा हिड्ने मानिसले केवल दुइ गल्ति गर्न सक्छ, पुरा मार्ग तय नगर्नु या शुरुवात नै नगर्नु।

क्रोधित रहनु, जलिरहेको कोइलालाई कुनै दोस्रो व्यक्तिमाथी फ्याक्ने इच्छाले समातेर बस्नु समान हो। यसले स्वयम आफुलाई नै जलाउँछ।
एक बलिरहेको दिपकबाट हजारौ बत्ति बाल्न सकिन्छ, तापनि सो दिपकको प्रकाश कम हुदैन। यसै गरि खुसि बाड्नाले बढ्छ, कम हुदैन।। जय जय बुद्ध

यो पनि पढ्नुहोस:- करोडपति हुनेहरुको यस्तो हुन्छ जन्म कुण्डली, जान्नुहोस् तपाईको कस्तो छ ?

यदि तपाइँले करोडपतिहरुको जन्मकुण्डली देख्नु भएको छ भने उनीहरुको कुण्डलीमा समानता हुन्छ । ज्योतिष शास्त्रका अनुसार खास एक योग परेका ब्यक्ति करोडपति हुन्छन् ।

करोडपति बन्नका लागि योग मिलेको हनु पर्छ । त्यस्ता ब्यक्तिको राजयोग परेको हुन्छ । जुन ब्यक्तिको कुण्डलीमा गुरु धनु वा मीन राशीमा हुन्छ वा कर्कटको स्थानमा पहिलो, चौथो वा सातौं तथा दशौं स्थानमा हुनंछ यस्ता ब्यक्तिको योग दिब्य हुन्छ । इस्तो योग मेष, कर्कट वा तुला राशी वा कर्कट तथा तुला र मकर राशी लग्नवालाहरुको कुण्डलीमा हुन्छ । यस्तो योग भएको कुण्डली हुनेहरु चरित्रवान र महान विचारक समेत हुन सक्छन् ।

यिनीहरु बुद्धीमान हुन्छन् र दीर्घ जीवन सुखमय पनि हुन्छ ।त्यस्तै अर्को करोडपति बनाउने योग हो मालब्य योग । यो योगको निर्माण शुक्रले गर्छ । ज्योतिष शास्त्रका अनुसार कुण्डलीको पहिलो स्थान, चौथो वा सातौं एवं दशौं स्थानमा आफ्नो राशि तुला या वृष रह्यो भने यस्ता ब्यक्ति असाध्यै धनी हुन्छन् । यिनीहरु रोमान्टिक र कलात्मक हुन्छन् र यसबाटै पैसा कमाउँछन् । यस्ता ब्यक्ति देख्नमा पनि सुन्दर र आकर्षक हुने हुन्छ ।

ज्योतिष शास्त्रका अनुसार जसको जन्मकुण्डलीमा शनि पहिलो र मकर वा कुम्भ राशि पहिलो चौथो वा सातौं स्थानमा बसेको हुन्छ त्यस्तो ब्यक्ति राजयोगमा परेको हुन्छ । यस्ता ब्यक्ति विपन्न परिवारमा जन्मिएपनि करोड पति हुन्छन् ।

यो पनि पढ्नुहोला:- म १८ वर्षीया युवती हुँ, मलाई रात परेपछि बढी उत्तेजना हुन्छ र बेहोस हुन्छु, के गर्ने होला ?

म १८ वर्षीया युवती हुँ । मलाई रात परेपछि बढी उत्तेजना फिल हुन्छ । यद्यपि मलाई विवाहअघि यौनसम्पर्क राख्न डर पनि लाग्छ । मेरो कुनै केटासाथी पनि छैन । अब मैले के गर्दा उपयुक्त होला ?

हामी सबैलाई थाहा भएकै कुरा हो, यौन उत्तेजना एउटा सामान्य कुरा हो र यो विशेष गरेर तपाईंको जस्तो किशोरावस्थामा तीव्र हुन्छ । दिउँसो अन्य काममा अलमलिए पनि राति एक्लै हुँदा यसले बढी पिरोलेको हुनुपर्छ । आफूमा आउने यौनचाहना र त्यसलाई शान्त पार्न के गर्न हुन्छ, के गर्न हुदैन जस्तो कुरामा अलमलसमेत हुन सक्छ । यसरी तीव्र रूपमा यौन चाहना हुँदा पढाइका साथै, घरका अन्य कामकाजमा मन नजान सक्छ । घरपरिवार अनि समाजले अपेक्षा गरेको कुरामा चाहेअनुसार ध्यान केन्द्रित गर्न सकिँदैन । त्यसबाट एक किसिमको मानसिक द्वन्द्व उत्पन्न हुन्छ जसले चिन्ता र तनाव दुवै थप्छ । यसले पढाइजस्ता काममा बढी नकारात्मक असर पार्छ ।

किशोरावस्थामा यौनसम्पर्कको विकल्प नहुन सक्छ । विवाहपूर्व यो एक किसिमले वर्जित विषय हो । केटासाथी हुँदासमेत यौनसम्पर्क राख्न असजिलो हुने स्थितिमा केटासाथी नहुँदा यो थप गाह्रो कुरा हो । तपाईलाई थाहै हुनुपर्छ कि यस्तो स्थितिमा यौन उत्तेजना शान्त पार्न कतिपय किशोरीले हस्तमैथुन गर्छन् ।

यौन आनन्द प्राप्त गर्ने वैकल्पिक उपाय,विवाह नगरेसम्म यौनसम्पर्क नराख्ने तपाईंको विचारको म सराहना गर्छु, तर त्यसको अर्थ तपाईंले यौन सुख प्राप्तिबाट वञ्चित रहनुपर्छ भन्ने होइन । महिलाहरूले अन्य पुरुषसँगको यौनसम्पर्कबिना पनि यौनआनन्द प्राप्त गर्ने अनेक उपाय छन् । यसका वारेमा छोटकरीमा चर्चा गरौं । विशेष गरेर किशोरावस्थामा यौनचाहना तीव्र हुँदा हस्तमैथुन यौनेच्छा शान्त पार्ने एउटा राम्रो विकल्प हो । हस्तमैथुनको थालनी आफ्नो शरीर, त्यसमा पनि विशेष गरी यौनअङ्गसम्बन्धी जानकारी प्राप्त गरेपछि मात्र गर्नु सहयोगी हुन सक्छ । हस्तमैथुनबाहेक योनि, स्तन तथा अन्य यौन संवेदनशील अङ्गको मर्दन, घर्षण अनि चलाउने जस्ता क्रियालापमा संलग्न हुन सकिन्छ । त्यसबाहेक अन्य अनेक नयाँ प्रयोगहरू गर्न सकिन्छ । पुरुषहरू जस्तै महिलाहरू पनि यौन उत्तेजक दृश्य, स्पर्श अनि यहाँसम्म कि परिकल्पनाले उजेजित हुन सक्छन् ।

महिलाहरूले हस्तमैथुन गर्दैनन् भन्नेहरू पनि प्रशस्त छन् तर महिलाहरूले पनि हस्तमैथुन गर्छन् । किन्सेले गरेको अध्ययनमा सोधिएका मध्ये ९२ प्रतिशत पुरुषले हस्तमैथुन गरेको कुरा बताएका थिए भने ६२ प्रतिशत महिलाले । पछि गरिएका अध्ययनहरूमा ८२ प्रतिशतसम्म महिलाले आफूलाई हस्तमैथुनको अनुभव भएको बताएका थिए ।

महिलाले कसरी हस्तमैथुन गर्न सक्छन् ?,महिलाको सन्दर्भमा योनिलाई नै प्रमुख यौनअङ्ग मानिन्छ । यद्यपि महिलाका अन्य विभिन्न अङ्ग पनि यौनका दृष्टिकोणले सम्बेदनशील हुन्छन् । जस्तै– भगक्षेत्र, ठूलो तथा सानो भगोष्ठ, भगांकुर, स्तन आदि ।त्यसबाहेक मुख तथा अधर, नितम्ब, गुदद्वार, मलाशय, चर्म (छाला) लाई हामीले यौन अङ्गका रूपमा नलिए पनि हामीले पाउने धेरैजसो यौन सुख यही अङ्गबाट प्राप्त गरिरहेका हुन्छौं ।जाँध, तिघ्राको भित्री भाग, धाँटी, काखी आदि यौन संवेदनशील हुन सक्छन् । स्पर्शको अनुभति विभिन्न किसिमका हुन सक्छन्, जस्तै कि मर्दन, हल्का स्पर्श, सुमसुम्याइ आदि ।

पुरुषको तुलनामा महिलाहरूले हस्तमैथुन गर्ने तरिकामा बढी विविधता हुन्छ । महिलाहरूले विभिन्न यौनअङ्गलाई प्रयोगमा ल्याई हस्तमैथुन गरेको पाइन्छ । हस्तमैथुन गर्दा यौन परिकल्पना एउटा महत्वपूर्ण पक्ष हो । हस्तमैथुन गर्दा आफूले चाहेअनुरूप यौन क्रियाकलापमा संलग्न व्यक्ति, स्थान अनि आसनको कल्पना गर्न सकिन्छ र त्यसमा मानसिक पक्ष सबल रूपमा जोडिएर थप आनन्द प्राप्त हुन्छ ।भगांकुर चलाउनु : भगांकुर चलाउनु वा त्यसको घर्षण नै महिला चरमसुखमा पुग्ने सबैभन्दा महत्वपूर्ण यौन क्रियाकलाप हो । यस्तै ९० प्रतिशत महिलामा यौन संवेदनशीलताको केन्द्र भगांकुरलाई नै मानिन्छ । आफूलाई सजिलो लाग्ने वा मन पर्ने कुराले यसलाई चलाउन सकिन्छ ।

त्यसलाई चलाउने वा घर्षण गर्नेबाहेक दबाब दिने, विस्तार हल्लाउने वा जोडले हल्लाउने वा त्यसलाई कुनै वस्तुले थिच्ने जस्ता अनेक उपाय अपनाउन सकिन्छ । पानीको हल्का फोहराको प्रयोगलाई पनि कतिपय महिलाले विशेष उत्तेजना प्रदान गर्ने कुराका रूपमा लिएका छन् ।योनिमा केही पसाउनु : योनिमा केही पसाएर यौन आनन्द लिन सकिन्छ । यसो गर्दा योनिमा पर्याप्त मात्रामा रस आइसकेको हुनुपर्छ र यौन उत्तेजना हुँदा यो स्वाभाविक रूपमै हुन्छ । त्यस्तो नभएको स्थितिमा अन्य कुनै चिप्लो पदार्थ प्रयोग गर्न बिर्सनु हुँदैन । त्यस्तो पसाउने कुरा सफा भएको कुरा सुनिश्चित गर्नु पर्ने हुन्छ ।

यौन प्रसाधनको प्रयोग : भगांकुर होस वा योनि, हस्तमैथुनमा औंलाको प्रयोग नै महत्वपूर्ण हुन्छ । औला बहुउपयोगी हुने भएकाले त्यसलाई चाहेअनुरूपको दबाब, गति वा तरिकाले चलाउन सकिन्छ जसले आनन्द थप्छ । त्यसबाहेक महिला शरीरका अन्य अङ्गहरूको स्पर्श, मर्दन वा सुमसुम्याई यौन आनन्द पाउने कुरामा सहायक हुन्छन्अचेल यसरी यौन आनन्द लिने क्रममा महिलाहरूले यौन प्रसाधन वा वस्तुहरू पनि प्रयोग गर्न थालेका छन् । कतिपयले पुरूषको लिङ्ग आकारको कृत्रिम वा प्राकृतिक वस्तु पनि प्रयोग गर्छन् । अंग्रेजीमा खष्दचबतयचक भनिने यौन प्रसाधन विभिन्न आकार–प्रकारमा उपलब्ध हुन्छन् । तुलनात्मक रूपमा यसको प्रयोगबाट यौन आनन्द प्राप्त गर्न सजिलो हुनाले पनि कैयौं महिलाले यसलाई मन पराउँदै आएका छन् । साप्ताहिक पत्रिकाबाट

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य