उडिरहेको विमानबाट एक यात्रु खसेपछि !
  • आर.एम.खबर/काठमाडौं नेपाल

एजेन्सी । उडिरहेको केन्या एयरलाइन्सको विमानबाट बेलायतमा हिथ्रो विमानस्थलनजिक एक व्यक्ति खसेपछि उनको मृ*त्यु भएको छ ।

नइरोवीबाट उडेको बिमान बेलायतको हिथ्रो विमानस्थलमा अवतरण गर्नु भन्दा केही अघि मात्रै ती व्यक्ति विमानबाट खसेका थिए ।

विमानस्थल नजिकको एक व्यक्तिको घरमा रहेको बगैंचामा ठूलो आवाजसँगै उनि खसेका थिए । ती मानिस खस्दा बगैचाको भाग नै भासिएको सीएनएनले जनाएको छ ।

लण्डन प्रहरीका अनुसार आइतबार घटेको उक्त घटनामा मृ*तको पहिचान हुन सकेको छैन ।

केन्या एयरवेजका अनुसार प्रहरीले विमानको गेयर बक्समा झोला, पानी र केही खाना फेला परेको बताउँदै उक्त व्यक्ति सोही स्थानमा लुकेको हुनसक्ने अनुमान गरेको छ ।

विमान अवतरण गर्नु भन्दा पहिला गियरबक्स खसेको थियो । गिरयबक्समा ती मानिस बसेपछि बोझ भएका कारण खसेको हुनसक्ने अनुमान गरिएको छ ।

यो पनि
एसइईको पूरक परीक्षा साउन २६ र २७ गते

भक्तपुर । माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको पूरक ग्रेड वृद्धि परीक्षा आगामी साउन २६ र २७ गते सञ्चालन गर्ने भएको छ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज परीक्षा तालिका सार्वजनिक गर्दै ग्रेड वृद्धि परीक्षाका लागि आगामी साउन १५ गतेभित्र प्रवेशपत्र र ग्रेडसीटको प्रतिलिपी राखी शिक्षा विकास तथा समन्वय एकाइमा फाराम बुझाउन विद्यार्थीलाई आग्रह गरेको छ।

कार्यालयका अनुसार २०७५ साल चैतमा सञ्चालित एसइई परीक्षामा कुनै दुई विषयमा सी वा सी भन्दा कम ग्रेड आउने विद्यार्थीका लागि ग्रेड वृद्धिका लागि पूरक परीक्षा सञ्चालन गर्न तालिका सार्वजनिक गरेको हो।

गत चैत महीनामा सञ्चालित एसइई परीक्षामा नियमित समूहबाट सामेल भएका विद्यार्थीले बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ सी वा सीभन्दा कम ग्रेड आउने वा दुई विषयमा अनुपस्थित भएका विद्यार्थीले परीक्षा दिन पाउने व्यवस्था गरेको हो। रासस

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य