डाइपरमा लुकाएर सुन तस्करी, घटनामा संलग्न दुई जना पक्राउ
  • आर.एम.खबर/काठमाडौं नेपाल

आइतबार प्रहरीले त्रिभुवन अन्तार्राष्ट्रिय विमानस्थलबाट डाइपरमा लुकाएर ल्याइएको तस्करीको ५ सय ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

विशेष सुराकीका आधारमा काठमाडौं प्रहरी परिसर, टेकु र विमानस्थल सुरक्षा प्रहरी कार्यालयको संयुक्त अपरेशनबाट मोरङका लीलाबहादुर बस्नेत उक्त सुनसहित पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार, उनी कतारको दोहामा तीन वर्ष वैदेशिक रोजगारीका क्रममा बसेर फर्किएका थिए । ‘फर्किने क्रममा एक जनाले डाइपर लगिदिनु भनेर निश्चित रकम दिने सर्तमा पठाएको उनले बयान दिएका छन् ।

त्यस्तै प्रहरी अर्का व्यक्ति पनि समातिए छन् । प्रहरीको अपरेशन लगत्तै विमानस्थल भन्सार कार्यालयले पनि उस्तै शैलीबाट सुन तस्करी गर्न खोज्ने अर्का एक भरियालाई पनि पक्राउ परेका हुन् ।

विमानस्थलको एक्सरेमा चेकजाँचका क्रममा दोहाबाटै आएका वीरबहादुर थारु पक्राउ परेका हुन् ।

भन्सार स्रोतका अनुसार उनको साथबाट करिब दुई सय ग्राम सुन बरामद भएको छ । दुबै घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य