डाक्टरको चरम लापरवाही: सुत्केरी गराउँदा डाक्टरले बच्चालाई जोडले तान्दा बच्चा २ टुक्रा
  • आर.एम.खबर/काठमाडौं नेपाल

डाक्टरको चरम लापरवाही: सुत्केरी गराउँदा डाक्टरले बच्चालाई जोडले तान्दा बच्चा २ टुक्रा

जैसलमेरको रामगढको सरकारी अस्पतालमा महिलालाई सुत्केरी गराउने क्रममा डाक्टरले बच्चालाई यति जोडले ताने कि बच्चा २ टुक्रा भयो । बच्चाको घाँटीसम्मको भाग त बाहिर आयो तर टाउको भित्रै रह्यो । डाक्टरहरुले सुत्केरी महिला र उनका परिवारलाई केही बताएनन् र महिलालाई जैसलमेर रिफर गरिदिए । जसलमेरबाट जोधपुर पठाइयो जहाँ सबै घटनाको खुलासा भयो ।

तीन दिन पहिले दीक्षा कँवरलाई सुत्केरी व्यथा लागेपछि परिवारले रामगढ अस्पताल लिएर गएका थिए । यहाँ भनाइ गरेपछि डाक्टरले भने कि बिरामीलाई जैसलमेर लिएर जानू । तर, उनीहरुले यो बताएनन् कि बच्चाको टाउको भित्रै रहेको छ । रामगढ अस्पतालका चिकित्सा प्रभारी डा. निखिल शर्माका अनुसार जब महिलालाई अस्पताल ल्याइयो त्यसपछि डाक्टरहरुले उनलाई प्रसव कक्षमा लिएर गए । त्यहाँ उनीहरुले देखे कि बच्चा मृत अवस्थामा थियो र बच्चाका खुट्टा बाहिर निस्केका थिए । यहाँ पूरा सुविधा नभएपछि उनीहरुले जैसलमेर रिफर गरिदिए ।

उता जैसलमेरको जवाहर अस्पतालका डाक्टर रविन्द्र सांखलालाई रामगढ अस्पतालबाट बताइएको थियो कि महिलाको डेलिभरी भइसकेको छ तर गर्भनाल भित्रै रहेको छ । राती १ बजे डा. सांखलाले गर्भनाल निकाल्ने प्रयास गरे तर उनले केही बुट्टनै सकेन् । उनले महिलाको स्थिति स्थिर बनाए र भोलिपल्ट बिहान पुनः प्रयास गरे । तर त्यतिबेला पनि उनले केही बुझ्न सकेनन् । त्यसपछि महिलालाई जोधपुर रिफर गरियो । जोधपुरको उम्मेद अस्पतालमा डाक्टरहरुले महिलालाई सुत्केरी गराउँदा बच्चाको टाउको मात्र निस्कियो ।

जवाहर अस्पतालकी स्त्री रोग विशेषज्ञ डा. उषा दुग्गडका अनुसार उनको पूरा करिअरमा कहिल्यै यस्तो भएको छैन । बच्चाको दुई टुक्रा कसरी भयो यो जाँचको विषय भएको उनले बताइन् । उनका अुसार सबैभन्दा ठूलो कुरा त रामगढ अस्पतालमा बच्चाको २ टुक्रा हुँदा पनि परिवारलाई केही भनिएन र उनलाई जैसलमेर रिफर गरियो । जोधपुरको उम्मेद अस्पतालमा डाक्टरले परिवारलाई बच्चाको टाउको दिएपछि परिवार टाउको लिएर रामगढ पुलिस स्टेशन पुगेका थिए । पुलिसले रामगढ अस्पतालमा गएर सोधपुछ गर्दा त्यहाँका कर्मचारीले बच्चाको बाँकी शरीर ल्याएर दिए । शरीरको पोस्टमार्टन गर्न पठाइएको र मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको पुलिसले जनाएको छ ।

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य