शिल्पा–छविको सम्बन्धमा ठुलो संकट, छविराजमाथि शिल्पाले लगाईन् यस्ता गम्भीर आरोप
  • आर.एम.खबर/काठमाडौं नेपाल

काठमाडौं । ठुलो उमेर अन्तर भएपनि निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलको जोडी दर्शकलाई खुबै मन परेको थियो । तर अहिले बाहिर आएको खबरले सबैलाई चकित बनाएको छ । श्रीमान विरूद्ध पत्नी पोखरेलले घरेलु हिंसाको उजुरी दिएकी छन् । शिल्पाले काठमाडौं प्रहरी परिसरमा घरेलु हिंसा गरेको उजुरी दिएको खुल्न आएको छ । उजुरी परेपछि छलफलका लागि उनीहरू दुबैलाई आज दिउँसो परिसर बोलाएको प्रहरीले जनाएको छ । अभिनेत्री रेखा थापासँग डिभोर्स गरेपछि निर्माता ओझाले अभिनेत्री पोखरेलसँग २०७३ सालको दशैंमा सुटुक्क विवाह गरेको बताइएको छ । तर उनीहरुले विवाहबारे खुलेर कहिल्लै भन्न चाहेका थिएनन् । तर, गत वर्षमात्र उनीहरूले आफूहरूले विवाह गरेको सार्वजनिक रूपमा स्वीकार गरेका थिए । उनीहरू निकट श्रोतका अनुसार विगत केहि समययता दुबैको वैवाहिक जीवनमा खटपट रहँदै आएको छ । उनीहरूबीच खटपटको विषयमा प्रहरीले घरेलु समस्या रहेको जानकारी दिएको छ । तपाईलाई जानकारी गराउँ शिल्पाको पनि यो दोस्रो विवाह हो । श्रोतका अनुसार शिल्पाले छविसँग डिभोर्स मागेकी छन् । छविले शिल्पालाई ‘लज्जा’ सिनेमाबाट ब्रेक दिएका थिए । त्यसयता उनले छविको ब्यानरमा ‘मंगलम’ तथा ‘हबल्दार सुन्तली’मा अभिनय गरेकी छिन् ।
यो पनि पढ्नुहोस् :खाना खाँदा यति सामान्य कुरा ख्याल गर्न सक्ने हो भने आधा भन्दा धेरै स्वास्थ्य समस्या चैट
काठमाडौं । आजको व्यस्त समयमा मान्छेलाई बसेर खाना खाने समयसमेत छैन । कैयौं मान्छे उभिएर नै खाना खान्छन् भने कोहीकोही हिँड्दै पनि खाने गर्छन् । तर, यसरी खाना खाँदा मेरुदण्डमा असर पर्नुका साथै मानसिक समस्या पनि हुन सक्ने एक अध्यनले देखाएको छ । उभिएर खाना खाँदा त्यो पच्न धेरै समय लाग्ने बताइन्छ । मान्छेले त्यस अवस्थामा सामान्य अवस्थाभन्दा बढी धेरै खाना खाने गर्छन् । अधिक खाना र ढिलो पाचन प्रक्रियाका कारण पेटसम्बन्धी समस्या उत्पन्न हुन्छ । बसेर खाना खाने बेलामा हामी जुन तरिकाले बस्छौँ, त्यो योगको एउटा प्रकारसँग मिल्दोजुल्दो छ । खुट्टालाई मोडेर बस्नु, खाना खाने थाल थाल्नका लागि अगाडि झुक्नु अनि फेरि सीधा भएर खाना खानुले पेटमा रहेका मांसपेसीको डाइजेस्टिभ जुस निकाल्न सहयोग गर्छ जसले खाना सजिलैसँग खाना खाने गर्छ ।

दिनहुँ भुइँमा बसेर खाना खानाले शरीर अझै लचकदार हुन्छ । भुइँमा बसेर हामी जुन तरिकाले खाना खान्छौं त्यी ढाडका लागि पनि राम्रो हुन्छ जसले गर्दा ढाडसँग सम्बन्धित पीडा पनि कम हुन्छ । बसेर खानाले पेट पनि छिटो भरिन्छ । त्यही बेला उभिएर खाना खाँदा मान्छेले बढी नै खाना खान्छ । त्यसैले बसेर खाना खानु शरीरलाई तन्दुरुस्ती राख्नका लागि पनि अति उत्तम हुन्छ । उभिएर खाना खाँदा हामी धेरै झुक्छौँ । सधैँ यस्तो गर्नुले यसको असर मेरुदण्ड पर्न सक्छ । भुइँमा बसेर खाना खानाले शरीरको रक्तसञ्चार पनि राम्रोसँग हुन्छ । पलेँटी कसेर बस्नाले नसा खुम्चिने समस्या पनि हट्छ । एजेन्सी

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य