खस क्षत्री सेवा समाजकतारको नवौं स्थापना दिवस सम्पन्न

दोहा, कतार

खस क्षत्री सेवा समाज कतारले आफ्नो  नबौ स्थापना दिवस  मनाएको छ l सन् २०१० जुलाई मा स्थापना भएको  सेवा समाज कतारले शुक्रबार दोहामा एक कार्यक्रमका बिच नवौ स्थापना दिवस मनाएको हो ।

स्थापना दिवस कार्यक्रम सुभकामना व्यक्त गर्दै समाजका संरक्षक टिबि कार्कीले खस क्षत्री सेवा समाजले स्थापना देखी नै जाति भन्दा माथी उठेर देश र राष्ट्रको सेवा गरेको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिनेमा आफु बिवास्त्त रहेको बताए l सस्थाका  संस्थापक अध्यक्ष समेत रहेका  कार्कीले कठिन परिस्थितिमा स्थापना गरेको संस्थाले निरन्तर समाज सेवामा सक्रिय रहदा गर्व महसुस हुने बताए ।

कार्यक्रममा समाजका आजिवन सदस्य एवं एन आर एन ए आइसीसि सदस्य कुमार कार्की, समाजका प्रमुख सल्लाहकार रेशम बस्नेत, आजिवन सदस्य एवं एन आर एन कतारका युवा संयोजक माया केसि लगाएतले सुभकामना मन्तव्य राखेका थिए  । खस क्षत्री सेवा समाज कतारका कार्यबाहक अध्यक्ष बिश्वबन्धु थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब  प्रवक्ता सन्तोष क्षत्रीले राखेका थिए भने संचालन महासचिव रामजी खत्रीगरेका थिए  ।

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य