शास्त्रका अनुसार बाहिर निस्किदा यस्ता महिलालाई देखे साइत पर्ने !!
  • आर.एम.खबर/काठमाडौं नेपाल

हिन्दु धर्ममा आफ्नो काममा निस्किने समयमा देखिने केहि दृश्य तथा अवस्थाले काम सफल हुने या नहुने भन्ने अनुमान गर्ने गरिन्छ ।
यदी तपाई कुनै आवश्यक काममा जाँदै हुनुहुन्छ र बाटोमा कुनै गर्भवती महिला भेटिए या देखियो भने भगवानलाई धन्यवाद दिनुहोस् । शकुन शास्त्रका अनुसार यसलाई निकै शुभ मानिन्छ । यस्तो अवस्थामा बाहिर निस्किँदा तपाईले गर्न लागेको काममा सफलता मिल्छ ।

विवाहित महिलालाई लक्ष्मी स्वरूप मान्ने गरिन्छ । देवी लक्ष्मीको प्यारो रंग रातो हो । यो रंगको लुगा लगाएर श्रृंगार गरेर आएकी कुनै स्त्री देखिए पनि यसलाई शूभ मानिन्छ । यस्ता महिला देखिए तपाईको काम सफल हुने मान्यता रहिआएको छ ।

शकुन शास्त्रका अनुसार कुनै शुभ कार्यका लागि घरबाट निस्किँदा अगाडिबाट कुनै महिलाले पानीले भरिएको गाग्री लिएर आउँदै गरेको देखे त्यसलाई पनि शुभ संकेत मानिन्छ । आजकल निकै कम मात्रमा गाग्रीको प्रयोग हुने गर्छ । यसकारण कुनै बाल्टिन या कुनै अर्को भाँडामा पानी लिएर आएको देखेपनि त्यसलाई सफलताको संकेत मानिन्छ

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य