“शान्तिको लागि सङ्गीत “बकर इदमा नेपथ्य लाइभ इन दोहा

अर्जुन पौडेल  दोहा, कतार

शान्तिको लागि सङ्गीत को नारा लिएर विश्वको भिभिन्न ठाउमा आफ्नो प्रस्तुति दिदै सङ्गीत द्वारा शान्तिको  प्रबधन गर्दै हिडेको नेपालको चर्चित साङितिक ब्यान्ड नेपथ्य आगामी बकर इदको अवसरमा कतार आउने भएको छ l लेवल एफ एन एड्भटाइजिङ्ग एन्ड इभेनट्सको आयोजना तथा कास्की आदर्स सेवा समाज कतार र रामनगर – ठिमुरा सेवा समाजको सह-आयोजनामा हुन लागेको  कार्यक्रममा नेपथ्य कतार आउने भएको हो l

शुक्रबार कतारको दोहामा पत्रकार भेटघाटको आयोजना गरि आगामी बकर इदको दोस्रो दिन शान्तिको लागि संगीत कार्यक्रममा सहभागी हुन नेपथ्य ब्यान्ड कतार आउन लागेको जानकारी गराइएको थियो  । कार्यक्रममा सहभागी हुन ब्यान्डका प्रमुख गायक अमृत गुरुङ संगै अन्य कलाकार आउने भएका छन् । कार्यक्रम सनैया ग्रन्ड मल संगैको एसियन टाउन एम्पिथिएटरमा हुने आयोजकले बताए ।

कार्यक्रमको बारेमा जानकारी गराउदै लक्ष्मण प्रसाद चौलागाईंले कार्यक्रममा बाट हाल कतारको जेलमा रहेका बिनोद रानाभाट लाई केही सहयोग गर्ने लक्ष्य समेत रहेको भन्दै आ-आफनो ठाउँबाट साथ सहयोग गरेर कार्यक्रम सफल बनाउनको लागि अनुरोध गरे । चौलागाईंले दोहामा बिगतमा भएका अन्य कार्यक्रमका गल्ती कमजोरीलाई सुधार्दै उत्कृष्ट गर्ने कोसिस गरिरेहेको बताए । कार्यक्रममा सहभागीहरुले दुई दशक भन्दा बढी समय देखी निरन्तर गायन संगै सामाजिक कार्यमा चर्चित ब्यान्ड कतारमा आउनु आफैमा ठूलो कुरा रहेको भन्दै कार्यक्रम सफल पार्नु कतारबासी सम्पूर्ण नेपालीको दायित्व रहेको बताए ।

नेपथ्य लाइभ इन दोहा नाम दिएको उक्त कार्यक्रमको टिकट बिक्रि वितरण शुरुगरिएको पनि जानकारी गरिईएको थियो l कतारी रियल ३५, ५०, र १०० गरि उपलब्द टिकट हरु कतारमा रहेका भिभिन्न समजजिक संघ सस्था र नेपाली रेस्टुरेन्ट तथा टिकट काउन्टरमा उपलब्द रहने जानकारी दिएको थियो l

कार्यक्रममा एन आरएन ए आइसिसी सदस्य बिमल सुबेदी, कास्की आदर्श सेवा समाजका अध्यक्ष बिश्व बन्धु थापा, गुल्मी सेवा समाजका सल्लाहकार भिम तरामु मगर, रेडियो ओलिभका स्टेसन प्रमुख अनुराधा पावदे, रामनगर – ठिमुरा सेवा समाजका गणेश खाड ठकुरी लगाएतले कार्यक्रम सफलताको सुभकामना व्यक्त गरेका थिए । आयोजक एवं उक्त कार्यक्रमका संयोजक समेत रहेका दिपक भन्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कास्की आदर्श सेवा समाजका सचीव खुशीमान गुरुङले गरेका थिए ।

 

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य