बाढी, पहिरो र डुबानबाट मृतकका परिवारलाई २ लाख दिने निर्णय, घाईतेको उपचार खर्च सरकारले तिरिदिने
  • आर.एम.खबर/काठमाडौं नेपाल

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बाढीपहिरो र डुबान प्रभावितलाई मद्धत गर्न आव्हान गर्नूभएको छ । साताव्यापी अमेरिकाको भ्रमण सकेर आज प्रदेश राजधानी विरानगर पुगेर मुख्यमन्त्री राईले केही दिनदेखीको अविरल बर्षाका कारण भएको धनजनले आफू दुःखी भएको भन्दै प्रभावितलाई सकेको सहयोग गर्न सबैमा अपिल समेत गर्नुभएको छ ।

यस विपतको घडीमा सकेको मद्दत गर्न म सबैमा हार्दिक अपिल गर्दछु मुख्यमन्त्री राईले भन्नुभयो यो विपत्तिको सबै मिलेर सामना गर्दै बाढीपहिरो एंव डुबान प्रभावितलाई मद्दत गर्न म हार्दिक आव्हान गर्दछु । उद्वार, राहत, पुनस्थापना र बेपत्ताको खोजिको निम्ति सबै पक्ष सङ्ग हार्दिक आव्हान गर्दै सबै मिलेर विपत्तिको सामना गर्न मुख्यमन्त्री राईले आव्हान गर्नुभएको छ ।

उद्दार र राहत कार्यमा सरकारका निकाय समन्वयात्मक रुपमा परिचालित भएको मुख्यमन्त्री राईले बताउनुभयो । यसैबीच आज साँझ प्रदेश १ सरकारको मन्त्रिपरिषद् बैठकबाट प्रदेश नं १ भरी गएको बाढी, पहिरो र डुबानबाट मृतक परिवारको निम्ति सहयोग स्वरुप प्रति मृतक २ लाख राहत सहयोग उपलब्ध गराउने निर्णय समेत गरेको छ । त्यस्तै घाइतेको सरकारी अस्पतालमा उपचारको सम्पुर्ण खर्च बेहोर्ने र घाइतेको निजी अस्पतालमा उपचार गरे बापत बढीमा ५० हजार बिल सरकारले भुक्तानी गर्ने निर्णय समेत गरेको छ ।

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य