कस्तो रहला आज देशभरको मौसम ?पुरा पढेर मात्र घर बाहिर निस्किनु होला
  • आर.एम.खबर/काठमाडौं नेपाल

काठमाडौँ, २२ साउन । देशका अधिकांश स्थानमा हाल बलदी भएको छ । देशको पूर्वी भू–भागका केही स्थानमा मेघ गर्जन गराउने बादल सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वी तराईका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा भएको छ । पूर्व र पश्चिमका पहाडी क्षेत्रमा पनि वर्षा भइरहेको महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा औसत स्थान भन्दा केही उत्तर अर्थात नेपाल तर्फ सरेको मौसमविदले बताएका छन् ।

यस्तै पूर्व र मध्य नेपालमा एउटा न्यून चापीय क्षेत्रको असर पनि देखिएको मौसमविदको भनाई छ ।

मनसुनी न्यून चापीय रेखाको साबिक स्थान भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीसम्म बुझ्नु पर्ने हुन्छ ।

बुधबार दिनभर पूर्व र मध्य क्षेत्रमा सामान्यदेखि पूर्ण बदली तथा पश्चिमी क्षेत्रमा आंशिक बदली हुने जनाइएको छ । केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । मध्य र पूर्वका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ ।

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य